Comments Add Comment

आर्यन र साम्राज्ञीको दौडधुप


करिअरको कमजोर मोडमा पुगेका नायक आर्यन सिग्देलका लागि चलचित्र ‘कायरा’ विशेष छ । यसैले पनि उनको चलचित्र प्रचारका लागि जुन दौडधुप देखिएको छ, त्यो यसअघिका चलचित्रमा कमै मात्र देखिएको थियो ।

आर्यनलाई नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि गज्जबको साथ दिएकी छिन् । शुक्रबारदेखि रिलिज हुने चलचित्रको प्रचारका लागि आर्यन, साम्राज्ञी र चलचित्रका निर्देशक लक्ष्मण रिजाल मोफसल दौडमा छन् । पोखरापछि चितवनमा आयोजना भएको पत्रकार सम्मेलनमा आर्यन र साम्राज्ञीले चलचित्रको बिषयमा जानकारी दिएका छन् ।

आर्यनले भने-‘मायामा धोका पाएपछि फिलिपिन्स पुगेको एक यूवाको कथामा यो चलचित्र बनेको छ । धोकापछि मानिसमा कस्तो परिस्थिती आउँछ भन्ने कथामा चलचित्र बनेको हो ।’

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूले यो चलचित्र किन गरे भन्ने चलचित्र रिलिज भएपछि मात्र थाहा हुने बताइन् । उनले, आर्यन सिग्देलसँग काम गर्दा धेरै सजिलो भएको अनुभव सुनाइन् ।

लगातार असफल चलचित्रका कारण स्टारडम कमजोर बनेको आलोचना खेपिरहेका आर्यन यो चलचित्र हिट बनाएर पुरानै क्रेज फर्काउने दाउमा छन् । यता, नायिका साम्राज्ञी पनि आफूलाई नम्बर १ नायिकाको सूचीमा दौडाउने प्रयासमा छिन् । यसैले पनि आर्यन र साम्राज्ञीको यो अर्थपूर्ण दौड देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment