Comments Add Comment

पुष्पलले किन छाडे ‘छक्का पन्जा ३’ ?, दिपक-दीपाले दिए जवाफ


चलचित्रको छायांकन चलिरहँदा नायक पुष्पल खड्काले ‘छक्का पन्जा ३’ छाडेको खबर सार्वजनिक भएको थियो । पुष्पल चलचित्रको मुहुर्तमा निकै खुशीका साथ उपस्थित भएका थिए । तर, एकाएक उनलाई के भयो र उनले चलचित्र छाडे भन्ने चर्चा चल्यो ।

यो बिषयमा यसका निर्माता दिपकराज गिरी र निर्देशक दीपाश्री निरौलाले जवाफ दिएका छन् । दिपकराजले भने-‘उहाँले हामी चलचित्रको छायांकनमा रहेको समयमा कथाको व्रिफ माग्नुभयो । सुटिङ अगाडि मागिदिएको भए राम्रो हुन्थ्यो, अब सुटिङको बेलामा कसले उहाँलाई कथाको व्रिफ सुनाउने ?’

दिपकले अगाडि भने-‘यसपछि, मैले नै भाइलाई असहज भए जस्तो छ भनेपछि उहाँले दाइले मेरो कुरा वुझिदिनुभयो भन्नुभयो । आशा गरौ, अर्को चलचित्रमा उहाँ हामीसँग जोडिनुहुनेछ ।’ दिपकले पुष्पलको अभिनयको समेत प्रशंसा गरे ।

यता, चलचित्रकी निर्देशक दिपाश्री निरौलाले छायांकन अगाडि आफूले नै पुष्पललाई उनको भूमिकाको बारेमा सुनाएको बताइन् । भूमिका सुनेपछि ठिक छ भन्दै पुष्पलले संझौता गरेको तर पछि छाडेको दीपाको भनाई थियो । पुष्पलको ठाउँमा अहिले नायक संजोग कोइरालाले अभिनय गरेका छन् ।

यस्तै, निर्माता दिपकराज गिरीले चलचित्रको प्रदर्शन मिति केही दिनमा नै पक्का हुने बताए । उनले, दशैको घटस्थापनादेखि फूलपातिसम्मा कुनै दिन चलचित्र रिलिज हुने जानकारी दिए ।

उनले, यसपटक पनि चलचित्रको कथा नै पावरफूले भएको जानकारी दिए । यसपटक, छक्का पन्जा’को स्वाद ‘छक्का पन्जा ३’मा आउने दिपकको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment