+
+
Shares

जोशीलाई प्रधानन्यायाधीश बनाउन गच्छदारको माग

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १५ गते १४:१२

१५ साउन, विराटनगर । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले दीपकराज जोशीलाई नै प्रधानन्यायाधीश बनाउनुपर्ने माग गरेका छन् ।

मंगलबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले ३० वर्ष न्याय सेवामा काम गरिसकेको व्यक्तिको प्रमाणपत्र छानबिन गर्नुपर्छ भन्नु बाहनामात्र भएको बताए । ३० वर्षसम्म विवाद नभएको प्रमाणपत्रमा अहिले विवाद गरिएको भन्दै गच्छदारले प्रधानन्यायाधीशमा जोशीकै नियुक्ति हुनुपर्ने माग गरे ।

प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अनुमोदन गर्ने विषयमा संसदीय सुनुवाई समितिमा विवाद भइरहेका बेला गच्छदारले जोशीको नियुक्ति हुनुपर्ने माग गरेका हुन् ।

कांग्रेस संसदीय दलका उपनेतासमेत रहेका गच्छदारले न्यायपालिका र प्रशासनिक क्षेत्रमा हस्तक्षेप गर्ने नीति लिएर अघि बढेको भन्दै कांग्रेसलाई स्वीकार्य नहुने बताए । ‘संवैधानिक अंगमाथिको प्रहार कांग्रेसलाई कुनै पनि हालतमा स्वीकार्य हुन्न, आम जनतालाई सरकारको विरुद्धमा कांग्रेसले सडकमा उतार्छ’ उनले भने ।

सरकारले दुई तिहाइको दम्भमा संविधान मिच्ने काम गरेको पनि उनले आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?