Comments Add Comment

दुलही दीपिका


सोमबार युटुबबाट रिलिज भएको चलचित्र ‘छक्का पन्जा ३’को गीतले दर्शकको माया पाइरहेको छ । गीतको भिडियोको अन्त्यमा दर्शकलाई सरप्राइज समेत दिइएको छ ।

भिडियोको अन्त्यमा मुख्य कलाकार दिपकराज गिरीले २ नायिकासँग बिहे गरेको दृश्य समेत समावेश छ । यसका निर्माता तथा कलाकार दिपकराज गिरीले दुई नायिका दीपिका प्रसाई र प्रियंका कार्कीसँगको बिहेको कुरा सस्पेन्स नै रहेको बताए ।

अनलाइनखबरले भने केही दिन अगाडि छायांकन भएको दिपक र दीपिकाको बिहेको तस्बिर कैद गरेको छ । दिपक र दीपिका बेहुला-बेहुली बन्दा निकै नै आकर्षक देखिएका छन् ।

रियल लाइफमा बेहुला बनिसकेका दीपक र पर्दामा मात्र बेहुली बनेकी दीपिकाको जोडी सुहाएको छ । दीपिकाले बेहुली बन्दा लाज लागेको बताइन् ।

अब, चलचित्रमा दिपक उर्फ राजाको बिहे कोसँग हुन्छ, यसका लागि चलचित्र नै हेर्नुपर्ने हुन्छ । दीपाश्री निरौलाले चलचित्रको निर्देशन गरेकी हुन् ।

तस्बिरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment