Comments Add Comment

ट्यांकरमा राखेर अवैध हार्डवेयर सामान ओसारपसार

१५ साउन, कैलाली । भारतबाट तेल लिएर धनगढीतर्फ आएको ना ७ ख २८०२ र ना ४ ख ९९१३ नम्बरको टयांकरलाई मंगलबार दिउँसो सशस्त्र प्रहरी बल आउट फोर्स कैलालीले भन्सार छलेर ल्याएको हार्डवेयर सामानसहित नियन्त्रणमा लिएको छ ।

करिब १ लाख मुल्य बराबरका बेरिङ, रड, मोटरसाइकलका टयुब, एंगल, रेञ्च र बोल्टलगायत हार्डवेयर सामानसहित ट्यांकर नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्टका प्रमुख प्रहरी निरिक्षक हर्क साउदले जानकारी दिए ।

उनले भन्सारबाट प्रज्ञापन पत्र लिएर धनगढी डिपोतर्फ जाँदै गरेको उक्त टयांकरलाई शंका लागेर चेकजाच गर्दा हार्डवेयरका समानहरु फेला परेको बताए ।

फेला परेको सामान र टयांकर चालक झकुले बम र शंकर चन्दलाई भन्सार कार्यालय कैलालीमा बुझाएको साउदले जानकारी दिए ।

यसैगरी सशस्त्र प्रहरीले विभिन्न स्थानबाट भन्सार छली गरेर लैजादै गरेका करिब एकलाख मुल्य बराबरकै लत्ता कपडाहरु नियन्त्रणमा लिएर मंगलबार नै भन्सार कार्यालयलाई बुझाएको शसस्त्र प्रहरी निरीक्षक साउदले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment