Comments Add Comment

अभिषेक र ऐश्वर्या ८ वर्षपछि एउटै फिल्ममा

बलिउडका निर्माता निर्देशकहरु श्रीमान-श्रीमतीलाई एउटै फिल्ममा हिरो-हिरोइन बनाउन हिच्किचाउने गर्छन् । यसो गर्दा फिल्मप्रति दर्शकहरुको क्रेज घट्ने उनीहरुको सोचाई हुन्छ ।

सायद यही भएर हुनुपर्छ अभिषेक बच्चन र ऐश्वर्या रायले लामो समयदेखि एउटै फिल्ममा अभिनय गर्न पाएनन् । आठ वर्ष अगाडि उनीहरु फिल्म ‘रावण’ मा सँगै काम गरेका थिए । मणि रत्नम निर्देशित यो फिल्म फ्लप भएको थियो । त्यसयता उनीहरुलाई कुनै निर्माताले एकसाथ लिएनन् ।

तर, अब चाँडै उनीहरुलाई एउटै फिल्ममा देख्न सकिने भएको छ । फिल्म ‘गुलाब जामुन’ मा आफूहरुले एकसाथ काम गर्न लागेको ऐश्वर्याले एक अन्तरवार्तामा पुष्टि गरिन् ।

‘हो हामी आठ वर्षपछि सँगै फिल्म खेल्दैछौं र निकै उत्साहित छौं,’ उनले भनिन् ।

ऐश्वर्याका अनुसार उनीहरुलाई यो फिल्मको अफर डेढ वर्ष अगाडि नै आएको थियो । तर, दुवैजना आआफ्नो प्रोजेक्टमा विजी भएकाले स्वीकार्न सकेका थिएनन् । यति बेला ऐश्वर्याको फिल्म ‘फन्ने खाँ’ प्रदर्शनको तयारीमा छ भने अभिषेकको फिल्म ‘मनमर्जिया’ पनि निर्माणको अन्तिम चरणमा छ । त्यसपछि दुवैजना ‘गुलाब जामुन’ मा केन्दि्रत हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment