+
+
Shares

पोखरा महानगरका कर्मचारी र जनप्रतिनिधिका लागि बस सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १६ गते १६:१५

१६ साउन, पोखरा । पोखरा महानगरपालिकाले कर्मचारी र जनप्रतिनिधिहरूका लागि बस सञ्चालन गरेको छ । बिभिन्न बहाना बनाएर कर्मचारी कार्यालयमा ढिलो अाउन थालेपछि महानगरले बस सञ्चालनमा ल्याएको हो ।

कार्यालयमा ढिलो आउनुको कारण सोध्दा कर्मचारीले बसमा जाम हुने, बस नै ढिला आउने, मोटरसाइकल तथा स्कुटर बिग्रिने गरेको जवाफ दिने गरेका थिए ।

यस्ता समस्या समाधान गर्दै कर्मचारीलाई समयमै कार्यालयमा ल्याइपुर्‍याउन महानगरपालिकाले बस सेवा सुरु गरेको जनाएको छ । ‘कार्यालय समयमा आउनुपर्ने कर्मचारी विभिन्न समस्या तथा बाहानाले जुन बेला पनि हाजिर गर्ने हुन्थ्यो,’ पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले भने, ‘अब कर्मचारीलाई पनि सजिलो हुने भयो, कार्यालय समयमै कर्मचारी पनि आउने भए ।’

महानगरले पहिलो चरणमा लेखनाथ क्षेत्रका कर्मचारी तथा जनप्रतिनिधिसमेतलाई सेवा दिने गरी बस चलाएको हो । बेगनास बस व्यवसायी समितिसँग न्युनतम शुल्क तिर्ने गरी महिनावारी सम्झौता गर्ने तयारी गरिएको प्रशासकीय अधिकृत पौडेलले जानकारी दिए ।

लेखनाथ क्षेत्रको बेगनास तालदेखि बिहान ९ बजेर १५ मिनेट जाँदा बस छुट्ने छ । बेगनासताल तालचोक, पृथ्वीचोक, एयरपोर्ट, बिरौटा, राष्ट्रबैंक चोक, रत्नचोक हुँदै महानगरपालिकाको कार्यालय न्युरोड रुढमा बस चल्ने छ । यो रुटमा मात्रै ३०/३५ जना कर्मचारी कार्यालयमा आउने पौडेलले बताए ।

शिक्षा, स्वास्थ्य, पशु, कृषिलगायत विषयगत महाशाखाका कर्मचारी र जनप्रतिनिधिसमेतलाई कार्यालयसम्म आउन-जान र सुरक्षाका हिसाबले समेत अब सहज हुने भएको छ ।

पहिलो चरणमा यो रुटमा बस सेवा दिएसँगै दोस्रो चरणमा लामाचौर, केआईसिंह पुल, बगर हुँदै अर्को बस चलाउने योजना रहेको पौडेलले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?