Comments Add Comment

शाहरुखकी छोरी पहिलोपटक म्यागजिनको कभरमा


बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना अहिले १८ वर्षमा हिँडिरहेकी छन् । अब, लाग्छ उनी बाबुको पदचिन्ह पछ्याँउदै ग्ल्यामरको दुनियामा पाइला राख्न आतुर छिन् ।

सुहानाले हालै एउटा म्यागजिनको कभरका लागि आफ्नो पहिलो फोटोसुट गराइन् । छोरीको कभर फोटो भएको ‘भोग’ म्यागजिनको अंक शाहरुख खानले लन्च गरेका थिए । उनले यसको फोटो टि्वटरमा राखेका छन् ।

शाहरुखले लेखेका छन्, ‘मेरी छोरीलाई फेरि एकपटक आफ्नो हातमा उठाएको छु । यो अवसर दिएकोमा भोग म्यागजिनलाई धन्यवाद नदिइरहन सक्दिनँ ।’

फोटोसुटपछि अनुमान गरिएको छ कि सुहाना चाँडै नै फिल्ममा डेब्यू गर्नेछिन् । यसअघि उनले करण जोहरको फिल्मबाट डेब्यू गर्ने चर्चा पनि चलेको थियो । तर, अहिलेसम्म यो पुष्टी हुन सकेको छैन । करण जोहर बलिउडमा स्टार किड्सहरुलाई फिल्ममा ल्याउन सँधै तयार हुने निर्देशक हुन् । त्यसमाथि शाहरुखसँग उनको आत्मीय सम्वन्ध छ ।

हिरोइन बन्न आतुर भए पनि सुहानाको ‘हिरोइन लुक्स’ भने छैन । उनको अनुहार पिता शाहरुखसँग मिल्छ । कतिले उनलाई केटाजस्तो अनुहार भन्दै आलोचना पनि गर्छन् । यद्यपि, मिडियामा उनको गजबको क्रेज छ । उनका सानासाना गतिविधि पनि भारतीय मिडियाले पछ्याइरहन्छन् ।

सुहानालाई फिल्ममा ल्याउन शाहरुख र उनकी पत्नी गौरी पनि व्यग्र छन् । यद्यपि, उनको पढाई सकिएको छैन । उनी अहिले लन्डनमा स्नातक पढ्दैनि् । पढाई पूरा नभए पनि राम्रो फिल्मको लागि अफर आएमा खेलाउने मुडमा बाबुआमा छन् ।

शाहरुख र छोरीबीच निकै राम्रो बोन्डिङ छ । उनले छेारीका हरेक चाहना पूरा गरिदिन्छन् । छोरी अहिल्यै लभ-अफेयर्समा नपरुन् भन्ने शाहरुखको चाहना छ । केही अघि एक अन्तरवार्तामा शाहरुखले आफ्नी छोरीको ओँठमा कुनै पुरुषले किस गरेमा उसको ओठै लुछिदिने बताएका थिए । सुहानासँग डेट गर्न चाहनेले विभिन्न शर्तहरु पालना गर्नुपर्ने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment