Comments Add Comment

अनमोल, विनयपछि आर्यन, श्रृष्टीका लागि को ‘लक्की’ ?


पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठका लागि नायक अनमोल केसी लक्की देखिए । अनमोल केसीसँग ‘गाजलु’मा काम गरेकी श्रृष्टी यसबाटै चम्किइन् । सोझी ‘कुमारी’ यूवतीको भूमिकामा देखिएकी श्रृष्टीलाई दर्शकले रुचाएका थिए । अझै पनि उनलाई अनमोल केसीकी नायिका भनेर बोलाउँदा खुशी लाग्छ ।

अनमोलसँग अभिनय गरेपछि श्रृष्टीले दर्शकलाई २ बर्ष कुराइन् । २ बर्षपछि उनी ‘गाजलु’को जस्तै भेषमा आइन् तर यसपटक नायक अर्कै थिए । अनमोल केसीसँग चलेकी श्रृष्टी नायक बिनय श्रेष्ठसँग पनि त्यस्तै सफलता पाउने आशामा थिइन् । तर, विनय र श्रृष्टीले अभिनय गरेको चलचित्र ‘रोमियो एन्ड मुना’ चलेन ।

यो चलचित्र नचल्दा श्रृष्टीलाई गाह्रो पक्कै परेको छ । तर, अब २ महिनामै उनी नायक आर्यन अधिकारीसँग ‘बाँध मायाले’ चलचित्र मार्फत दर्शकमाझ आउँदैछिन् । असोज ५ गतेबाट रिलिज हुने चलचित्रमा आर्यन र श्रृष्टीको रोमान्टिक प्रेम अवतार हेर्न सकिन्छ । श्रृष्टीको अवतार यसमा पनि गाउँले यूवतीको छ । अनमोलसँग ‘लक्की’, विनयसँग ‘अनलक्की’ देखिएकी श्रृष्टी आर्यनसँग के होलिन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment