Comments Add Comment

महाकाली नदीमा एक युवक वेपत्ता

बेपत्ता भएको भनिएको स्थान ।

१७ साउन, दार्चुला । महाकाली नदीमा एक युवक वेपत्ता भएका छन् । व्याँस गाउँपालिका-५ स्याँकु बस्ने अन्दाजी वर्ष १८ का रबी धामी बिहीबार विहान नदी तर्ने क्रममा वेपत्ता भएका हुन् ।

दार्चुलाको व्याँस गाउँपालिका अन्तरगत पर्ने बुदी भन्ने क्षेत्रमा महाकाली नदीमा तरेर भारत जाने बेला धामी महाकालीमा डुवेको स्थानीय अञ्जली धामीले जानकारी दिइन् ।

स्थानीयले धामी महाकालीमा वेपत्ता भएको खबर गरेपछि प्रहरी चौकी सितापुलबाट प्रहरी सहायक निरीक्षक दीपक थापा नेतृत्वको चार सदस्यीय टोली घटनास्थल हिँडेको छ ।

वेपत्ता धामी तुइन तर्ने बेला हो वा चिप्लेर महाकाली नदीमा बेपत्ता भएका हुन् भन्ने कुरा समेत जानकारीमा नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment