+
+
Shares

गोरखामा ठडियो बिसे नगर्चीको शालिक

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १८ गते १५:५६

१८ साउन, गोरखा । गोरखामा राजा पृथ्वीनारायण शाहलाई सल्लाहकारको रुपमा सहयोग गर्ने बिसे नगर्चीको शालिक निर्माण भएको छ ।

गोरखा नगरपालिका-६ सातधुरेमा निर्माण भएको अर्धकदको शालिक शुक्रबार गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले अनावरण गरे ।

नगरपालिका र परिवार सेवा समाज केन्ऽीय कार्यसमितिको संयुक्त पहलमा शालिक निर्माण भएको हो । ‘शालिक निर्माण गर्न करिव दश लाख लाग्यो,’ समितिका सचिव सोमबहादुर अच्छामीले भने, ‘गोरखा नगरपालिकाले पाँच लाख सहयोग गर्‍यो बाकी हामीले जुटायौं ।’ नगर्चीको जन्मथलो गोरखा विश्वसामु चिनाएर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले शालिक स्थापना गरिएको उनले बताए ।

शालिक निर्माणले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा स्थानीयले गरेका छन् । ‘नेपाल एकीकरणमा सल्लाहकारको रुपमा नगर्चीले ठुलो सहयोग गरे, यो कुरा नयाँ पुस्तालाई थाहा नहुन पनि सक्छ,’ हाल गोरखा दरवारमा नगर्चीको रुपमा काम गर्दै आएका भुन्टे दमाइले भने, ‘यो शालिकके इतिहास पनि बचायो, फेरि पर्यटक पनि बढ्ने भए ।’

नगर्चीको शालिक सँगै बिसे नगर्ची पार्क निर्माण गर्ने समितिको योजना छ । ‘यहा बसोवास गर्दे आएका खनाल, अर्याल, पाण्डे, पन्त, भट्टराईलगायतका थरको छुट्टाछुट्टै नमूना घर बनाउने योजना छ,’ उनले भने, ‘स्थानीय पहिचान झल्काउन यसले थप सहयोग पुग्ने अपेक्षा गरेका छौ ।’ नेपाल एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने धार्ने कामी, कालू सार्की तथा मणिराम गाइनेको पनि शालिक स्थापना गरिने उनले बताए ।

को हुन् बिसे नगर्ची ?

बि.सं. १७७५ सालमा गोरखामा जन्मेका बिसे नगर्ची आर्थिक जोहो गराउन राजा पृथ्वी नारायण शाहलाई सल्लाह दिने व्यक्ति थिए । गोरखा दरवारमा नगर्चीको काम गर्ने उनले नेपाल एकीकरणका लागि आवश्यक खर्च जुटाउने विषयमा राजालाई उपयुक्त सल्लाह दिएका थिए ।

उनी पृथ्वी नारायण शाहका बुवा नरभुपल शाहको पाला देखि नै उनी गोरखा दरवारमा नगर्चीको रुपमा काम गर्थे । पृथ्वीनारायण शाहले आफू २१ बर्षको हुदँा नेपाल एकीकरणको योजना बनाएर नगर्चीसँग केही सल्लाह लिन उनलाई दरबार बोलाए ।

राज्य एकीकरणका लागि युद्ध लड्न आवश्यक हतियार किन्न पैसाको जोहो कसरी गर्ने भनेर उनीसँग सल्लाह मागे । नगर्चीले एक रुपैयाँको सिक्काराजालाई दिए । हतियार खरिदका लागि ठूलो रकम चाहिनेमा एक रुपैया दिएर अपमान गरेको भन्दै पृथ्वीनारायण शाह रिसाए ।

तर नगर्चीले गोरखा जिल्लाभर रहेको १२ सय घरधुरीबाट प्रति घर एक रुपैयाँ संकलन गरे १२ सय हुने र हतियार किन्न पुग्ने सल्लाह दिए ।
नगर्चीको सल्लाह अनुसार पृथ्वी नारायणले पैसा संकलन गरे र बनारस बाट हतियार किनेर ल्याएको किंवदन्ती छ

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?