+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

आफैबाट प्रेरणा लिएर निडरताका साथ अघि बढौं

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १९ गते ८:०१

एउटा भनाई छ, ‘हरेक समस्याहरु सुनौलो अवसर लिएर आउँछन् ।’ यसो पनि भनिन्छ, ‘कायरहरु समस्याबाट भाग्छन्, तर कतिले त्यसैलाई अवसरमा बदल्छन् ।’

जीवन सधै एकनास रहँदैन । दुख, सुख आउँछ, जान्छ । हिजो र आज, आज र भोलि फरक रहन्छ । सबै कुरा आफुले सोचेजस्तो ठिकठाक हुँदैन । कहीले समस्याको पहाड खस्छ । कहीले उमंगको बर्षा हुन्छ । यस्ता क्षणहरुमा संयमित जीवन व्यतित गर्नुपर्छ ।

जीवनमा अनेक कठिनाइहरु आउँछन् । यस्ता क्षणमा आफैबाट प्रेरणा लिएर अगाडि बढ्न सक्नेले नै जीवनको असली आनन्द लिन सक्छन् ।

यस्ता मानिस, जो अविचलित रुपमा आफ्नो गन्तव्यतर्फ पाइला चाल्दै अगाडि बढिरहन्छन् ।

आफैबाट प्रेरणा लिने

उनीहरु आफ्नो लागि आँफै मार्गदर्शकको काम गर्छन् र कहिल्यै पनि हार मान्दैन । आँफैलाई प्रेरणा दिनु, आँफैलाई सल्लाह दिनु धेरै सुन्दर परिकल्पना हो । कुनै पनि अप्ठ्यारो स्थिती आँउदा, बाधा व्यवधान उत्पन्न हुँदा हामी हतास हुने, आत्तिने र निराश हुने गर्न हुँदैन ।

बरु धैर्यपूर्वक आँफैलाई सल्लाह दिने, आशावादी हुने आँफैलाई निडर बनाउनाले धेरै सकरात्मक परिणामहरु ल्याउँछ ।

प्रेरणको कमी छैन

एक महान दार्शनिकका अनुसार जीवनमा कहिल्यै पनि र कतै पनि प्रेरणाको कमी हुँदैन । मानिस साहसी र निडर भएमा उसले त्यतिखेर सबैलाई आश्चर्यचकित बनाउन सक्छ जतिखेर उसले मानिसले आफूमाथि फ्ँयाकिएको पत्थरबाट एक सुन्दर महल बनाउँछ ।

घृणा र तिरस्कारलाई पनि सकरात्मक र प्रेरक दृष्टिकोणबाट हेर्ने हो भने हामीले त्यसबाट धेरै पाठ सिकेर अगाडि बढ्न सक्छौं । हामीले आफूलाई फ्याँकिएको ढुंगाहरुबाट नै एक सुन्दर कलाको सिर्जना र ती ढुंगा फाल्नेहरुलाई पनि प्रेरणा दिन सक्छौं ।

विद्वानहरुकाअनुसार यो जगतमा यस्तो केहि पनि व्यक्ति छैन जसले लागि आफैलाई प्रेरणा दिन सक्दैन । कल्पना गर्नुहोस् त्यस क्षण जब प्रेमको प्रतिकको रुपमा एक सुन्दर ताजमहको निर्माण गर्ने प्रेरणा शाहजहाँको मनमा जागेको थियो ।

उनले आफैबाट प्रेरणा लिए र दृढ संकल्प गरे । उनको संकल्पबाट यति सुन्दर कलाकृति बन्यो कि शताब्दीयौं पछि पनि ताजमहल करोडौंको मानिसहरुको लागि प्रेमको प्रतिक र प्रेरणाको स्रोत बनेको छ ।

यसको तात्पर्य यो हुन्छ कि जो मानिस आँफैसँग संवाद गर्न बन्द गर्छन जसले आफ्नो मनको कुरा सुन्दैनन उनीहरु पराजित हुन्छन् । मानौं तपाईंको जीवनमा समस्याहरु बाटोमा अग्लो पहाड झैं ठडिएको छ भने तर हिम्मत र आत्मविश्वासको साथमा तपाईले त्यसलाई पार गर्ने साहस गर्नुहुन्छ भने तपाईले अवस्य नै ती समस्याका पहाडहरुलाई चढेर आफ्नो विजय हासिल गर्न सक्नुहुन्छ ।

त्यसैले हामीले जीवनमा जस्तोसुकै समस्या आइपर्दा पनि धैर्यताको साथमा आफ्नो अन्तमनसँग राय लिएर काम गर्न सक्यौं भने सबै कठिनाइहरु सुल्झिंदै जान्छन् र जीवनमा कहिल्यै पनि पछाडि फर्केर हेर्नुपर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?