बुधबार, ३० साउन, २०७५
OnlineKhabar.com
Suzuki

घरघरमा जोडियो ग्यास ! प्याट्ट खोल्यो, पकायो !

३२ घरमा जोडिएको पाइप सय घरमा पुर्‍याइँदै

Suzuki
ध्रुव भट्टराई

१९  साउन, बिराटनगर । वडा नम्बर १४ स्थित जतुवाकी द्रोपदी यादव सधैंझैं भान्सामा खाना बनाउन तल्लीन देखिन्थिन् । आफ्नै जीवनकालमा पाइपबाट भान्सासम्म ग्यास आउला भनेर उनले सोचेकै थिइनन् । तर, आयो ।

भान्सामा आलु ताछ्दै द्रोपदीले भनिन् ‘अब हाम्रा पनि सुखका दिन आएजस्तै लागेको छ । अब ग्यास सकियो भन्दै सिलिण्डर बोकेर पसल–पसल चाहार्ने दिन गए ।’

द्रोपदीजस्तै जतुवाबासीका लागि अब सिलिण्डर बोकेर पसल चाहार्नुपर्ने दिन सकिएको छ । जतुवाबासीको घर/घरमा पाइपलाइनबाट वायोग्यास पुगेपछि स्थानीयहरु ग्यास जोहोको लागि भौंतारिने दिनको अन्त्य भएको हो ।

भारतीय नाकाबन्दीको कहर झेलिरहेका आम नागरिकलाई आश्वस्त पार्दै गतवर्ष प्रधानमन्त्री ओलीले भनेका थिए, अब सिलिन्डर युग सकियो, प्याट्ट खोल्यो, चुल्हो बाल्यो ।’

‘हावादारी सपना’ बाँडेको भन्दै ओलीको चर्को आलोचना भए पनि अहिले बिराटनगरको जतुवा इलाकामा भने सिलिन्डर युग सकिएको छ ।

जतुवामा रहेको श्रीकृष्ण गौशालाबाट निकालिएको वायो ग्यास एक किलोमिटर आसपासका क्षेत्रमा पाइपलाइनमार्फत स्थानीयका घर–घरमा वितरण गरिएको छ ।

पहिलो चरणमा ३२ घरले बिहीबारदेखि पाइपबाट आएको वायोग्यासबाट खाना पकाउन थालेकाछन् । थप सय घरमा वायो ग्यास पुर्‍याउने योजनासहित जतुवा क्षेत्रमा अहिले धमाधम पाइप बिछ्याउने काम भइरहेको छ ।

ग्यास उत्पादनका लागि गौशाला परिसरमा ३ सय घनमिटर प्लान्ट जडान गरिएको छ । पाइपबाट वायो ग्यास वितरण गर्ने योजनासहित डेढ वर्ष अघिदेखि यो परियोजना निर्माण कार्य अघि बढाइएको थियो ।

तीन दशकदेखि सञ्चालनमा रहेको गौशालाबाट बायोग्यास निकालेर ‘परीक्षण स्वरुप ३२ घरमा चुलो वाल्ने काम शुरु गरेका छौं,’ श्रीकृष्ण गौशाला संस्थाका अध्यक्ष शंकरलाल अग्रवालले भने, ‘परीक्षण काललाई अब नियमित गर्नेतर्फ लागेका छौं ।’

प्रत्येक घरमा दुईटा चुल्हो बाल्न मिल्ने सामान न्यूनतम मूल्यमा गौशालाले उपलब्ध गराएको छ । ३३ वर्षअघि ‘गाईको वृद्धाश्रम’ का रूपमा सुरु गरिएको गौसेवा सदनमा अहिले दुई सयभन्दा बढी गाई र बाच्छाबाच्छी छन्  ।

८५ लाख रुपैयाँ लगायतमा ग्यास प्लान्ट निर्माणको काम पूरा भएको छ  । भारतको गुजरातबाट आएका प्राविधिकहरुले काम गरिरहेका छन्

८५ लाख रुपैयाँ लगायतमा ग्यास प्लान्ट, पाइपलाइन र अन्य संरचना निर्माणको काम पूरा भएको छ  । ग्यास प्लान्ट जडान र अरू प्राविधिक कामका लागि भारतको गुजरातबाट आएका प्राविधिक र नेपाली प्राविधिकहरुले काम गरिरहेका छन् ।

गैशालाका व्यवस्थापक महिचन्द्र यादवका अनुसार गौशालामा २ सय ५ गाई र बाच्छाबाच्छीबाट दैनिक करिब २ हजार किलो गोबर निस्कन्छ । त्यही गोबरलाई जम्मा पारेर ग्यास प्लान्टमा राखिन्छ । त्यहाँबाट ग्यास उत्पादन गरी जम्मा गर्ने प्लास्टिकको ठूलो ट्यांकी जडान गरिएको छ । त्यसैबाट पाइपमार्फत घरघरमा ग्यास पुग्नेछ ।

एलपी ग्यासभन्दा सस्तो पर्ने दाबी

‘हामीले यो नाफा कमाउने उद्देश्यले गरेको होइन,’ अग्रवालले भने, ‘हरेक घरमा मिटर राखिएको हुन्छ, जति ग्यास प्रयोग हुन्छ, त्यही मिटरमा उठेको शुःल्क लिइनेछ र यो बजारमा पाइने एलपी ग्यासभन्दा गुणस्तरयुक्त हुन्छ र मूल्यमा पनि सहुलियत हुन्छ  ।’ एक सिलिन्डर बराबरको अर्थात् १४ केजी एलपी ग्यासको मूल्यभन्दा ३ सय कम पर्न जाने सञ्चालकहरु बताउँछन् ।


ग्यास प्लान्टका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले सघाएको छ । उसको ८० प्रतिशत र एवं स्थानीय उपभोक्ताको २० प्रतिशत लगानी यसमा रहनेछ । प्लान्ट र वितरण प्रणाली निर्माणको रेखदेख केन्द्रका प्रतिनिधिले पनि गरिरहेका छन् ।

गौशालामा निकै अघिदेखि जैविक मल उत्पादन गरी किलोको १२ रुपैयाँमा बिक्री गरिँदै आएको छ । यहाँबाट दैनिक झन्डै ६० लिटर मात्रै दूध बेच्ने गरिएको छ । यहाँ सुरुमा अन्यत्रबाट ल्याएर गाईहरु राखिएको थियो । पछि त्यहीँ जन्मेका गाईको संख्या दुई सय नाघेको छ ।

यहाँका गाई र बाच्छाबाच्छी अन्यत्र लगिँदैन, यहीँ जन्मन्छन् र यहीँ मर्छन् । गौशाला व्यवस्थापनले मरेका गाईको विधिपूर्वक अन्तिम संस्कार गरिदिने गरेको छ ।

 

२०७५ साउन १९ गते ११:५९ मा प्रकाशित (२०७५ साउन २० गते १२:५८मा अद्यावधिक गरिएको)
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

९ प्रतिकृयाहरू प्राप्त
  • Nepali लेख्नुहुन्छ    |   २०७५ साउन १९ गते १३:३१

    गरे के हुदैन भन्ने उदाहरण हेा येा । यस्तेा अभियान देशै भरि चलाउनु पर्छ । अनि मात्र बन्छ नेपाल ।

    87
    5
    Share

  • खडुनिधि संग्रौला, दुधे, झापा लेख्नुहुन्छ    |   २०७५ साउन १९ गते १४:०९

    पाइपवाट ग्याँस प्रधानमंत्री केपी ओली ज्यु को सपना सकार
    पानीमा पानीजहाज र भीरको बाटो रेल रहने भयो उधार

    56
    14
    Share

  • फर्सुराम पाण्डे लेख्नुहुन्छ    |   २०७५ साउन १९ गते १४:१४

    यस्ता समाचार सुन्दा #काङ्रेसीको मन कटक्क खान्छ होला नि,है ?

    71
    33
    Share

  • R_R लेख्नुहुन्छ    |   २०७५ साउन १९ गते १५:४६

    kaam garne kalu makai khane bhalu vane jhai OLI ko yo kaam ma naam jodera aaauda jasle yo kaam garyo usko chitta k hola? k k na OLI le nai gare jasto,, hahaha….bichara farsi ram ho ki farsu ram jastalai mtra ho ramailo!!!

    27
    25
    Share

  • प्रतीक ढकाल लेख्नुहुन्छ    |   २०७५ साउन १९ गते १८:००

    असम्भव भन्ने शब्द मूर्खहरुको शब्दकोशमा मात्र पाइन्छ । सपना नदेख्नेहरुले दुनियाँ बदल्न सक्तैनन् ।

    39
    6
    Share

  • ध्रुब पाैडेल लेख्नुहुन्छ    |   २०७५ साउन १९ गते १८:०४

    काग्रेसीकाे मन कटक्क हुनु पर्ने कारण के छ ? अाेली प्र म भएकाे कति भयाे ? कि याे याेजना अाेली प्र म भएपछि निजलेनै बनाएका रहेछन कि ?

    32
    44
    Share

  • ukp लेख्नुहुन्छ    |   २०७५ साउन १९ गते १९:०१

    hasayo patrakar le.
    30,40 barsa agadi nai Terai ko jilla ma gobar bat gas nikaler ghar ghar ma batti baleko ho ,gas bat khana pakayeko ho.
    60,000 ghar bhayeko Biratnagar ma 32 ghar ma re pachhi 100 ghar puryaune re.
    yesto yojana lai pani ghar ghar ma gas puryayeko bhanchha?
    ke news pau ani chhapu jasto hunchha ki kay ho online khabar lai?janata lai vram ma parna matra ho.
    students lai gobar bat gas niskanchha bhaner demonstration garna lai matra ho.

    28
    20
    Share

  • Bishnu Paudyal लेख्नुहुन्छ    |   २०७५ साउन १९ गते १९:५१

    यति भएपनी धेरैनै भयो! ३/४ बर्षमा त अझै धेरै होला !
    अब एउटा सानो पानी जहाज पनि देख्न पाइयोस! अनि एउटा ४ वटै बसलाइ जोडेर भएपनी रेल बनोस चाडैनै, हावाबाट बिजुलित पहिल्यै निक्लेको हो !
    त्यसपछि कसैकसैले चुनाबमा भन्न पाउँछन् । हामिलेपनी नेपालमा केहिनी हुन्न भन्नेलाइ “गरे त भैहाल्दोरछनी” भन्नपाइने छ ।

    33
    3
    Share

  • MAHESH लेख्नुहुन्छ    |   २०७५ साउन २१ गते १४:२९

    K.P KA SURUWALKA TYANDRA HARU GAULE LE GAS GHAR GHARMA PURYAUDA CONGRESS KO MAN KATTAKKA KHAYO HOLA BHNACHHAN.ABA TIMRA THULABA UDHGHATAN GARNA JALAN NI.JUS TA LINAI PARYO.BHARAUTEHARULAI BADHERAI PUGYA CHHAINA PAISO..K HUNU BIKASH.

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this