Comments Add Comment

मित्रता दिवसः के तपाईंका साथी सच्चा छन् ?

यी हुन् असल साथीमा हुनुपर्ने ७ गुण

हामीलाई बाँच्नका लागि खानापानी मात्रले पुग्दैन । धनदौलतले मात्र हामीलाई सुखी तुल्याउँदैन । परिवार वा आफन्तले मात्र हाम्रो आवश्यक्ता टार्दैन । यसका लागि ‘साथी’को खाँचो हुन्छ ।

साथी, जो जीवनको एउटा अभिन्न पाटो मानिन्छ । संसारमा यस्ता उदाहरणहरु छन्, जसले आदर्श साथीको मनक स्थापित गरे । साथीकै कारण मानिस माथि पुग्छन् । अर्थात प्रगतिपथमा लम्कन्छन् । तर, साथी एकनास हुँदैन । साथीको स्तर नाप्ने साझा व्यारोमिटर पनि हुँदैन । साथी अनेक खालका हुन्छन् । हामीसँग जोडिन आइपुग्ने साथीको आनीबानी, प्रवृत्ति, नियत भिन्न भिन्न हुन्छ । त्यसलाई कसरी पहिचान गर्ने ?

किनभने हामीले आफ्नो जीवनलाई रसपूर्ण बनाउनका लागि, दिनहरु उमंगमय बनाउनका लागि त्यस्ता साथीको जरुरत हुन्छ, जो मनैदेखि समर्पित होस् ।

मित्रता दिवशको अर्थ

धेरै देशहरुमा अगस्ट महिनाको पहिलो आइतबारलाई अर्थात ‘फ्रेन्डसिप डे’ अर्थात मित्रता दिवसको रुपमा मनाउने चलन रहेको छ ।

असल मित्रताको बारेमा हामीले धेरै कहानीहरु सुन्दै आएका छौं । असल मित्रताको उदाहरण दिएर कैयौं कथा, कविता, पुस्तक लेखिएका छन्, सिनेमा बनेका छन् । त्यसैले होला भनिन्छ, ‘उज्यालोमा एक्लै हिँड्न भन्दा अध्याँरोमा एक साथीसँग हिँड्नु राम्रो हुन्छ ।’

नेपालमा पनि युवापुस्ताले यो दिवसलाई आफ्नो साथीहरुसँगको सम्बन्ध अझै प्रगाढ बनाउनको लागि यो दिवस मनाउने गर्छन् ।

यो दिवसमा विशेषगरि मित्रताको प्रतिक स्वरुप साथीहरुको नाडीमा फ्रेन्डसिप ब्याड बाँधिदिने चलन रहेको छ । त्यसैगरि ‘फ्रेन्डसिप डे’को अवसरमा साथीहरु जमघट भएर पार्टी गर्ने, उपहार आदानप्रदान गर्ने पनि गरिन्छ ।

असल साथीको साथ पाउनु धेरै राम्रो कुरा हो । तर, सबै साथी असल हुन्छन् भन्ने हुँदैन ।

हामीले पनि कहिलेकाँही यस्ता केही साथी भेट्छौं जसले मित्रता भन्दा पनि आफ्नो स्वार्थलाई मात्रै ध्यान दिन्छन् ।

तपाईंलाई पनि आफ्नो कुनै साथीसँगको सम्बन्धलाई लिएर मनमा केही शंका छ । यदि शंका छ भने सम्झिनुहोस्, केही त गलत पक्कै छ । यदि साथीलाई लिएर मनमा केही खटि्कएको छ भने मान्नुहोस् तपाईंले यो सम्बन्धलाई तौलिने समय आएको छ ।

जसलाई तपाइर्ंले आफ्नो धेरै मिल्ने साथी सम्झिनुहुन्छ उसले पनि तपाईंलाई पनि यस्तै मान्छ कि मान्दैन । तपाईंको साथीलाई यी मापदण्डहरुमा खरो उत्रिन जरुरी छ । तपाईंको साथीमा निम्न ७ गुणहरु छन् भने सम्झिनुहोस् उ तपाईंको असल मित्र हो ।

१. उसको साथ तपाईंलाई राम्रो लाग्छ

पक्कै पनि साथीसँग समय बिताउन तपाईंलाई रमाइलो लाग्छ । उसलाई पनि तपाईंसँग समय बिताउन मनपर्नु पर्छ । तपाईंहरु दुवैलाई एक अर्कासँग रहँदा समय बितेको थाहै हुदैन भने सम्झिनुहोस् उ तपाईंको मिल्ने साथी हो ।

२. कमि कमजोरी मात्रै देखाउँदैन

तपाईंको असल साथीले तपाईंको प्रशंसा र आलोचनामा सन्तुलन राख्छ । तर, यदि तपाईंलाई साथीले तपाईको कमीकमजोरी हरु मात्रै देखाउँछ भने यस्ता साथीबाट टाढै बस्नुहोस् । असल साथी तपाईको शक्ति हो र उनीहरुले तपाइर्ंको नराम्रा मात्रै होइन राम्रा कुराहरु पनि बताउँछन् । उनीहरुले तपाईंलाई प्रेरणा दिन्छन् ।

३. तपाईको रुचीमा चासो दिन्छ

हरेक सम्बन्धले त्याग र जिम्मेवारीको माग गर्छन् । यदि तपाईको सोख र रुचीमा साथीले हरेकपटक आफूलाई मनपर्दैन भनेर चासो दिँदैन भने उसँग तपाईंले मित्रता कायम राख्नुको कुनै अर्थ हुँदैन । मिल्ने साथीले उसलाई मन नपरे पनि तपाईंको रुचीमा चासो लिन्छ ।

४. तपाईंको गोप्य कुराहरु कसैलाई भन्दैन

कुनै पनि सम्बन्ध त्यतिखेर मात्रै सुमधुर रुपमा अगाडि बढ्छ जब एकअर्कामा विश्वास र भरोसा हुन्छ । असल साथीले कहिल्यै पनि तपाईंको गोपनियता तेस्रो व्यक्तिसँग खोल्दैन ।

यदि कुनै साथीले तपाईंको गोप्य कुराहरु अरु कसैलाई भन्छ भने सम्झिनुहोस उ असल साथी नभएर पिठ्युँबाट छुरा हान्ने शत्रु पनि हो ।

५. दुःख परेको बेलामा साथ दिन्छ

असल साथीले तपाईलाई दुःख परेको बेलामा साथ दिन्छ । जब तपाईलाई दुःख पर्दा वा कुनै समस्या आइपर्दा कुनै साथीले तपाईंलाई साथ दिँदैन भने त्यस्तो साथीसँग संगत गर्नु राम्रो हुँदैन ।

६. सकेसम्म तपाईंलाई सहयोग गर्छ

तपाईंले सहयोग मागेको बेलामा कहिले पैसा दिएर त कहिले सामान दिएर साथीले सहयोग गर्छ र कहिल्यै पनि सहयोग गर्न इन्कार गर्दैन भने त्यो साथी तपाईंको सच्चा मित्र हो ।

तपाईंले पनि उसलाई सहयोगको आवश्यकता परेको बेलामा आफ्नो हात बढाउनुपर्छ । तर, यदि उसले तपाईंलाई चैं कहिल्यै पनि सहयोग गर्दैन तर आवश्यक पर्यो भने मात्रै सम्भिmन्छ भने उसँग टाढा भएकै राम्रो हुन्छ ।

७. तपाईंलाई केही सिकाउन तयार हुन्छ

कैयौं मानिसहरुले भनेको सुन्नु भएको छ होला-मेरो साथीले मलाई मोटरसाइकल चलाउन सिकायो, मलाई अंग्रेजी सिकायो । यदि तपाईंलाई पनि साथीले तपाईंलाई नआउने धेरै कुरा सिकाएको छ भने सम्झिनुहोस् तपाईंलाई साथीले धेरै माया गर्छ ।

तर, जो साथीले आफूले जान्दाजान्दै पनि तपाईंलाई केही पनि सिकाउँदैन भने सम्झिनुहोस् उसको मनमा तपाईंको लागि मित्रताको गहिरो भाव छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment