+
+

नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्याे

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २१ गते ७:२६
फाइल फोटो

२१ साउन, चितवन । निरन्तरकाे वर्षापछि खसेकाे पहिराेले अवरुद्ध नारायणगढ मुग्लिन सडक एकतर्फी खुलेकाे छ । सडक खण्डकाे जलवीरे र घुमाउनेमा खसेकाे  पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा अाएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय, चितवनले   बिहान ५ः५५ बजेबाट  अवरुद्ध सडक एकतर्फी खुलेकाे जनाएकाे छ ।

अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारीहरु आलोपालो गरेर पार गराइएको छ ।

यी दुवै ठाउँमा चार दिनयता पहिरो खस्दा सवारी आवागमन प्रभावित हुँदै आएको छ ।

त्यसैगरी, पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्डअन्तर्गतको फिस्लिङमा आज बिहान ६ः४५ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

पानी परिरहेकाले पहिरो पन्छाउन कठिन भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?