Comments Add Comment

‘मैले जे गरें ओशोको प्रेममा गरें’

धर्मगुरु ओशो जति चर्चित रहे, उत्तिनै विवादित पनि । जीवनको आखिरी क्षण निकै दुखदायी ढंगले गुजारेका ओशोको दर्शनलाई पच्छ्याउने पुस्ता आज घटेको छैन, बरु बढेको बढ्यै छ । उनको जीवन रहस्यमय रह्यो । त्यही कारण अनेक पाटोबाट ओशोको चर्चा एवं विश्लेषण हुँदै आएको छ । यसै मेसोमा हिन्दी विविसी अनलाइनमा प्रकासित यो आलेखले ओशोको फरक पाटो उँधिनेको छ । यसमा ओशोको अत्यान्तै निकट रहेर काम गरेकी शीलाको अनुभवलाई समेटिएको छ ।

‘मा आनन्द शीला’ नाले विख्यात शीला बन्र्सटील अहिले स्विट्जरल्यान्डको माइसप्रख घाटीको एक शानदार घरमा बस्छिन् । उनी भगवान रजनीश अर्थात ओशोकी प्रवत्ता र निजी सचिव थिइन् ।

अनलाइन स्ट्रीमिंग सेवा नेटफि्क्समा हालै सार्वजनिक भएको दुई शृंखला ‘वाइल्ड वाइल्ड कन्ट्री’ले भारतको सबैभन्दा विवादित गुरुमा एक ओशो रजनीशको चर्चा गरेको छ ।

को थिए भगवान रजनीश ?

ओशो अर्थात रजनीश सन् १९७० को दशकमा भारतमा लोकपि्रय र विवादित आध्यात्मिक गुरु थिए, जसले दावी गरेका थिए कि उनले आफ्नो आत्मालाई जगाएका छन् ।

उनी आफ्ना भक्तलाई डायनामिक ध्यान र शारीरिक क्रियाको माध्यामबाट ध्यानको अभ्यास गराउथे । तर, यौनलाई लिएर उनले दिएको वयानले नै उनलाई विवादित बनायने । मानिसहरुले उनलाई ‘सेक्स गुरु’ पनि भन्ने गर्थे । किनभने उनले खुला यौनको वकालत गर्थे ।

सन् १९९० मा पुणेस्थित आफ्नो आश्रममा ओशो देहान्त भयो । उनको मृत्युको कारण अहिलेसम्म रहस्यमा छ ।

९० को दशकमा जब म सानी थिएँ, मेरो घरमा अक्सर ओशोका क्यासेट हुन्थ्यो । त्यो म सुन्ने गर्थे, मेरा पिताले ओशोको दर्शनलाई रुचाउँथे ।

नेटफिलक्सले लियो ‘वाइल्ड वाइल्ड कन्ट्री’

मलाई त्यसबेलासम्म ओशोप्रति कुनै रुची थिएन, जबसम्म म ओशोको पुणेस्थित आश्रममा पुगिन । अर्थात सन् २००० मा । त्यहाँ केही रहस्यमी र आकर्षक थियो ।

मार्च २०१८ मा नेटफि्लक्सले ‘वाइल्ड वाइल्ड कन्ट्री’ नाममा ६ एपिसोडको एक शृंखला बनाएको छ, जसमा भगवान रजनीश र उनकी निजी सचिव मा आनन्द शीलको जिन्दगीबारे बताइएको छ । शृंखलामा देखाइएको छ कि, कसरी ओशोलाई १५ हजार शिष्यले अमेरिकामा सिंगो शहर निर्माण गर्न आफ्ना सम्पति दान दिएका थिए । यस शृंखलाको मूख्य भूमिकामा मा आनन्द शीला छिन्, जो आफ्नो ‘गुरुको सपनाका लागि’ काम गरिरहेकी थिइन् । शृंखलामा उनलाई ‘रजनीशपुरम’ शहरको मास्टरमाइन्ड बताइएको छ ।

‘वाइल्ड वाइल्ड कन्ट्री’ सार्वजनिक भएपछि रजनीशको जीवनलाई लिएर शीलाको भूमिकामाथि खुब चर्चा भइरहेको छ । रजनीशको एक सामान्य भक्तबाट उनी दायाँ हात बनेकोसम्मको घतलाग्दो कथा त्यसमा पेश गरिएको छ ।

मलाई लाग्यो कि किन उनले नेटफि्लक्सका एक शृंखलामा स्वय्म आफ्नो कहानी भन्ने निर्णय लिइन् ?

म यही प्रश्न लिएर मा आनन्द शीलासँग भेट्न स्विट्जरल्यान्ड पुगें ।

अर्न्तवार्ता अघि

६९ बर्षकी शीला बन्र्सटील अहिले स्विट्जरल्यान्डमा दुई केयर होम्सकी सर्वेसर्वा हुन् । त्यसमा एक नाम हो, मातृसदन । अर्थात आमाको घर ।

घरमा प्रवेश गरेपछि शीला र उनका समूहले हाम्रो स्वागत गरे । उनका समूहका अधिकांश सदस्यले उनलाई लामो समयदेखि चिनेका छन् । बातचित गर्नुअघि हाम्रा निम्ति भारतिय चिया र खानका लागि केही कुकिज ल्याइन्छ । हामीले अन्र्तवार्ताका लागि उनको घरबाहिरको बगैंचामा क्यामेरा सेटअप गरेका छौं । शीलाले आफ्नो गोलाकार चस्मा लगाएकी छिन् । उनको केस प्रकाशमा चम्किएको छ । उनले मलाई भन्छिन्, ‘तपाई प्रश्नका सोध्नका लागि निकै उत्सुक हुनुहुन्छ, म सहमतिको शीर हल्लाउँछु ।’

मानिसहरु स्क्यान्डलमा रुची राख्थे

मैले उनीसँग सोधें कि, ‘के उनले नेटफि्लक्सको यो शृंखला हेरिन् ?’

शीलाले भनिन्, ‘म आफ्नो जिन्दगीको बारेमा जानकारी राख्छु । मलाई हरेक कुरा देख्नका लागि जरुरत छैन ।’

शीलाले भनिन् कि, मानिसको आ-आफ्नै धारणा हुन्छ । उनले अरुको कुरामा परवाह गर्दिनन् । उनका अनुसार मानिसहरु केवल स्क्यान्डलमा रुची राख्छन् । किनभने उनको जीवन पनि स्क्यान्डलले भरिएको छ ।

मैलें उनलाई सोधे कि, जे भयो, त्यसलाई किन स्क्यान्डल भनियो ?

शीलाले भनिन्, ‘भगवान (रजनीश)ले धेरै स्क्यान्डल गरे, यो भन्ने साहस छ मसँग । मैले उनको सामुन्ने पनि यो कुरा भनें । मैलें वाइल्ड वाइल्ड कन्ट्रीमा पनि यही देखें ।’

जब मैलें भगवान देखें

आफ्नो सबै साक्षतकार र किताबमा शीलाले रजनीशप्रति आफ्नो प्रेम भएको बताएकी छिन् । तर पहिलो पटक मैले आफ्नै आँखले देखें कि, रजनिसका लागि उनमा कति प्यार छ भन्ने कुरा ।

रजनीशसँग पहिलो पटक भेटेको कुरा स्मरण गर्दै उनले भनिन्, ‘यस्तो लाग्यो कि, उनको स्नेह ममाथि बषिर्यो । र, म केवल वाह Û भन्न सक्थे ।’

यदि यतिधेरै प्रेम थियो भने किन छाड्नुभयो ? मैले सोधें ।

‘प्रेमको मतलव हो, उत्थान । र, आफ्नो अखण्डता । अब त्यस व्यक्तिले मसँग कामको मामलामा भरोसा गरे । त्यस व्यक्तिले मसँग भरोसा गरे आफ्नो शीक्षा र मानिसहरुसँगको सम्बन्धमा । यदि म त्यस भरोसामा खरो उत्रिएन भने यसको मतलब हुन्थ्यो कि मेरो प्रेममा केही कमी छ ।’

प्रष्ट छ कि, शीलाले यस प्रश्नको सोझो जवाब दिइनन् । मलाई लाग्छ, यो प्रश्नले उनलाई असहज बनाइदियो ।

शीलाले भनिन्, ‘म मेरो शो हेर्ने सबै एशियाई महिलासँग भन्न सक्छु कि प्रेमको नाममा आफ्नो उत्पीडन, भावनात्मक उत्पीडन हुन नदिनुहोस् । आफ्नो खुट्टामा उभिने साहस राख्नुहोस् । बहादुर बन्नुहोस् ।’

म सधै भगवानसँग प्रेम गर्छु

कुराकानी सकिनुअघि त्यहाँ आएकी एक विरामी क्रिस्टीना आँगनमा बसेरै केही गाउन थाले । शीलाले उनलाई बोलाइन् र जर्मन भाषामा बात गर्न थालिन् ।

शीलाले भनिन् कि, क्रिस्टीनालाई गीत गाउन र नृत्य गर्न औधी रुची छ । ५२ बर्षकी क्रिस्टिना एक राम्रो प्रस्तोता पनि हुन् । उनले हाम्रो लागि एउटा गीत गाइन् र शानदार प्रस्तुती पनि दिइन् । क्रिस्टिना शान्त भएपछि हामीले अन्र्तवार्तालाई निरन्तरता दियौं ।

उनले सोधिन्, ‘अँ हामी कहाँ थियौं ?’

मेरो पछिल्लो प्रश्नमा उनी हाँस्न थालिन् । मैले उनलाई सोधें कि, ‘कुन सनकमा उनी रजनीशबाट अलग भइन् ?’

उनले जवाफ दिइन्, ‘म मूर्ख थिइन । मलाई थाहा थियो कि यस समुदायको ताकत भगवान थिए । र, म के भन्न चाहन्छु भने यदि आज भगवान फर्किएर आए भने म त्यसरी नै प्रेम गर्छु, जसरी पहिला गर्थे । यो कुरा कहिल्यै बद्लिदैन ।’

यो एक छल थियो

म जान्न चाहन्थें कि, शीला रजनीशको दर्शन, उनको विचारप्रति के सोच्थिन् । मैले उनलाई सोधें कि, मानिसहरु किन रजनीशप्रति यति हुरुक्कै थिए ?

उनले भनिन्, ‘भगवानले आफ्ना मानिसहरुका लागि एक सच्च लक्ष्य राखेका थिए, ध्यान र स्वय्म आफैलाई जगागने । जब उनीहरु मलाई आर्थिक सहयोग गर्न चाहन्थे, तब उनले केही मानिसलाई ‘जागेको’ घोषणा गर्थे ।

यो निश्चिय नै छल थियो । तर, यसको दोष केवल भगवानलाई दिन ठिक छैन । उनीहरुलाई दोष दिनुपर्छ, जो पुरा होश हवसमा यस छलको पछि लागेका थिए ।’

अब अपराधको प्रश्न

अब शीलासँग उनको अपराधको बारेमा प्रश्न गर्ने समय थियो ।

मैलें सोधें, ‘तपाईं भन्नुहुन्छ कि तपाईंलाई शक्ति र सत्ता चाहिएको छैन । तर अपराध किन भयो ? खानामा किन विष मिलाइयो ?’

शीलाको आँखा रातो भयो। उनको आवाज पनि त्यती दृढ भएन । उनको शब्द पनि स्पष्ट भएन । उनी अन्य विषयमा मोडिन थालिन् । मैलें उनलाई पहिलेकै प्रश्न दोहोर्‍याएँ ।

त्यसपछि उनले निकै रिसाएर भनिन्, ‘म यस विषयमा यसकारण कुरा गर्न चाहन्न कि, किनभने मैले ३९ महिना जेल बिताइसकेकी छु । र, मानिसले मलाई सारा जिन्दगी सजाय दिन सक्दैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment