Comments Add Comment

चितवनमा १४ करोड लगानीमा तरकारी बजार बन्दै

उत्पादन बिक्री गर्न किसानलाई निःशुल्क सटरको व्यवस्था

२१ २१ साउन, चितवन । नारायणगढ लायन्सचोक क्षेत्र जहिले पनि दुर्गन्धित छ । चोकमा नै रहेको तरकारी बजार व्यवस्थित नहुँदा सो क्षेत्रमा दिउँसोको समयमा नाक नै थुनेर हिड्नुपर्ने बाध्यता छ ।

विभिन्न जिल्लामा उत्पादन हुने तरकारीको थोक बजार क्षेत्रलाई त्यहाँबाट सार्न व्यवसायीहरु आफैं कस्सिएका छन् । फलफुल तथा तरकारी थोक ब्यवसायीले आफनै पहलमा करिब १४ करोड लगानीमा सुविधा सम्पन्न तरकारी बजार निमार्ण गरिरहेका छन् ।

व्यवसायीहरुले कृषि प्रबद्र्धन बजार विकास प्रालि कम्पनी गठन गरेर शेयरमार्फत रकम संकलन गरी बजार निर्माण थालेका हुन् । अहिले भएको तरकारी बजार अति साँघुरो भएका कारण फोहोर व्यवस्थापनमा समेत समस्या देखिएको थियो । यो स्थानमा भरतपुर महानगरले बहुतले बहुउद्देश्यीय भवन निर्माण गर्ने योजना बनाएको छ ।

फलफूल तथा तरकारी थोक व्यावसायी संघको सक्रियतामा निर्माण भइरहेको बजार निजी क्षेत्रको लगानीमा नेपालकै ठूलो तरकारी तथा फलफुल बजार भएको संघका अध्यक्ष थीरप्रसाद धितालले दावी गरे ।

काठमाडौंमा रहेको कालिमाटीपछिको दोस्रो ठूलो तरकारी बजार हुने धितालले बताए । तर व्यवस्थापन र सुविधाको हिसाबले काालिमाटीभन्दा अझैं यो राम्रो हुने उनको भनाइ छ ।

भरतपुर महानगरपालिका वडा नम्वर २ क्षेत्रपुरमा १६ वर्षका लागि जग्गा भाडामा लिएर फलफूल तथा तरकारी बजार निर्माण भइरहेको छ । बजारमा प्रर्याप्त खुल्ला ठाँउ रहेकाले सवारी पार्किङका लागि कुनै समस्या हुने छैन ।

निर्माणको ८० प्रतिशत काम सम्पन्न भएको छ । आगामी असोज १ देखि बजार सञ्चालनमा ल्याइने तयारी गरिएको अध्यक्ष धितालले जानकारी दिए ।

कृषकले आफ्नो उत्पादन बजारमा लगेर सोझै उपभोक्तालाई बिक्री गर्न पाउने छन् । किसानका निम्ति निःशुल्क १४ सटर उपलव्ध गराइने छ ।

अहिले भइरहेको फलफूल तथा तरकारी बजार लायन्सचोकमा १६४ वटा सटर रहेका छन् । नयाँ बनेको तरकारी वजारमा २१७ वटा स्टल हुनेछन् ।

व्यवसायीक प्रयोजनका २८, होलसेलका लागि १३७, खुद्रा व्यवसायका लागि ३८ र कृषकहरुका लागि १४ वटा सटर रहने संघका अध्यक्ष धितालले जानकारी दिए ।

लायन्सचोकको थोकबजारमा दैनिक १ करोड बराबरको फलफूल तथा तरकारीको कारोबार हुँदै आएको छ । चितवनमा १६ जिल्लाबाट तरकारी आउने गरेको र बजारबाट पोखारा, काठमाडौं, हेटौंडालगायतका क्षेत्रमा तरकारी तथा फलफुल जाने गरेको छ । नयाँ बजारबाट सेवा सुरु गरेपछि दैनिक २ करोडको कारोबार हुने अपेक्षा व्यवसायीको छ ।

निर्माण भैरहेको बजारमा सडक बिस्तार र पीच, बिजुली, पानी एवम् सरसफाइमा महानगरले सहयोग गर्ने सहमति भएको छ ।

लायन्सचोकमा झण्डैं २४ बर्षदेखि फलफूल तथा तरकारी बजार चलाउँदै आएका व्यवसायीहरु र भरतपुर महानगरका वीचमा भाडा सम्वन्धि विवाद रहँदै आएको छ हाल व्यवसायीले मासिक ८ लाख ५० हजार भाडा बुझाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment