Comments Add Comment

कहाँ बन्यो आइसक्रिम ? यस्तो छ आइसक्रिमको कथा

गर्मीको यो मौसममा आइसक्रिमको कुरा गर्दा जिउ नै हुरुक्क हुन्छ । हामीले निकै मिठो मानीमानी खाने यो आइसक्रिम सबैभन्दा पहिले कुन देशमा बनाइयो होला, तपाइँलाई थाहा छ ?

तपाइँ हामीमध्ये सायद धेरैलाई थाहा नहुनसक्छ कि दुनियाँमा सबैभन्दा पहिले आइसक्रिम बनाउने देश इरान हो ।

आजभन्दा दुई हजार वर्ष पहिलेदेखि नै इरानमा आइसक्रिम खाने चलन रहेको बताइन्छ ।

रेफ्रिेजेरेटर वा बरफ जमाउने मेसिन बनेको यतिधेरै समय भएको छैन । आखिर २ हजार वर्षअघि आइसक्रिम बनाउन कसरी सम्भव भयो त ?

यसको जवाफ हो यखचल । यो भिरालो छानो भएको घर हो, जसमा आइसक्रिम बनाइन्थ्यो । फारसका बासिन्दाहरुले प्राचीनकाल देखिनै यसको प्रयोग गरी आइसक्रिम उत्पादन गर्दथे ।

इरानका मरुस्थलीय क्षेत्रहरुमा यस्ता भवनका विभिन्न भग्नावशेषहरु अहिलेपनि देख्न सकिन्छ ।

यस्तो घरको भुइँतला भूमिगत रुपमा निकै गहिरो हुन्छ । गहिरो भागमा रहेका तख्ताहरुलाई बरफ जमाउन प्रयोग गरिन्छ । फेला परेका यस्ता तख्ताहरुमध्ये कतिपय २४ सय वर्ष पुराना पनि रहेका छन् ।

ती तख्ताहरु विशेष पदार्थबाट बनाइन्थ्यो, जसका कारण मरुभूमिको उखरमाउलो गर्मीमा पनि तात्दैनथ्यो । यसमा वर्षैभरी बरफ जमाएर राख्न सकिन्थ्यो । स्टार्च, बरफलगायतका चिज मिसाएर परम्परागत तरिकाले आइसक्रिम बनाइन्थ्यो, त्यसलाई फालूदा भनिन्थ्यो । सोही फालूदा नै २४ सय वर्ष पहिले इरानमा बनाइएको आइसक्रिम हो ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment