२३ साउन, काठमाडौं । नेविसंघको विवाद मिलाउन गठित समितिले अध्यक्ष नैनसिंह महरलाई १० दिनभित्र अधिबेशनको कार्ययोजना पेश गर्न अल्टिमेटम दिएको छ ।
नेता प्रकाश शरण महतको संयोजकत्वमा गठन गरिएको समितिले अध्यक्ष महरलाई आगामी भदौ २ गतेभित्र कार्ययोजना पेश गर्न भनेको हो ।
अध्यक्ष महरले २ गतेसम्म अधिबेशनको कार्ययोजना पेश गरे कार्यसमितिको म्याद तीन महिना थप्ने सहमति भएको समितिका सदस्य रंजित कर्णले जानकारी दिए ।
२ गतेभित्र कार्ययोजना पेश गर्न नसकेको खण्डमा भने वर्तमान समिति स्वतः खारेज गर्ने सहमति भएको सदस्य कर्णले जानकारी दिए ।
नेविसंघको २०७३ साउन २३ गते महाधिवेशन भएको थियो । तर, भदाै २ गते पदबहाली भएको थियो । सोही दिनलार्इ अाधिकारिक मानेर समितिले अधिबेशनको कार्ययोजना पेश गर्ने गरी सहमति गरेको हो ।
अध्यक्ष महरले अधिबेशन गर्न नचाहेको भन्दै यसअघि अन्य समूहले बहुमतको निर्णय भन्दै १२ औं अधिबेशन घोषणा गरेको थियो । तर, विवाद मिलाउन गठित समितिको निर्णयसँगै सबै गुटका कार्यक्रम स्थगित हुनेभएका छन् ।
प्रतिक्रिया 4