Comments Add Comment

खेलाडी किनबेच : च्याम्पियन्स लिग खेल्ने खेलाडी को कहाँ पुगे ?

२३ साउन, काठमाडौं । युरोपियन फुटबलको नयाँ सिजनका लागि खेलाडीसँगै समर्थकमा पनि व्यग्रता देखिएको छ । नयाँ सिजनको तयारी र खेलाडी किनबेच चलिरहँदा को कुन क्लब गए भन्ने उत्सुकता बढेको छ ।

नियमअनुसार नयाँ लिग सुरु हुने एक दिनअघिसम्म खेलाडी किनबेच गर्न पाइने हुनाले इंग्ल्याण्डमा समर ट्रान्सफरको समय एक दिन मात्रै बाँकी छ । किनकी अगस्ट १० मा म्यानचेस्टर युनाइटेड र लिसेस्टरबीच खेल भएर प्रिमियर लिग सुरु हुँदैछ । नेपाली समयअनुसार खेल शनिबार राति पौने १ बजे हुनेछ ।

ला लिगा, सिरी ए, बुण्डेस लिगा, लिग वानमा अगस्टको अन्तिमसम्म नै ट्रान्सफरको समय रहेकाले प्रिमियर लिग खेलाडी पनि यो महिनाको अन्तिमसम्म नयाँ क्लबको सोचमा रहिरहने नै छन् ।

११ अगस्ट बाट फ्रेन्च लिग वान, १८ अगस्टबाट स्पेनिस ला लिगा, २४ अगस्टबाट जर्मन बुण्डेसलिगा सुरु हुँदैछ ।

समर ट्रान्सफरमा अहिलेसम्म च्याम्पियन्स लिग खेल्ने प्रमुख क्लबबाट को खेलाडी कुन क्लब गए त ? हेर्नुहोस् क्लबअनुसार आएका र गएका खेलाडी …

रियल मड्रिड, स्पेन

आएका : भिन्सियस जुनियर – फ्लामेन्गो, एन्ड्री लुनिन – जोर्या लुहान्स्क, अल्भारो ओडि्रओजोला – रियल सोसियाड ।

गएका : ओमर मासकारेल – साल्क, क्रिष्टियानो रोनाल्डो – युभेन्टस, अचरफ हाकिमी – डर्टमुण्ड ।

एथ्लेटिको मड्रिड, स्पेन

आएका : नुहेन पेरेज – अर्जेन्टिनोस जुनियर्स, रोडि्र – भिल्लारियल, एन्टोनियो एडान – बेटिस, जोनी क्यास्ट्रो – सेल्टा भिगो, थोमस लेमार – मोनाको, सान्टियागो एरायस – पीएसभी एन्दोभेन ।

गएका : फर्नान्डो टोरेस – सागन तोसु, जाबी – अल साद, एक्सेल वेर्नर – हुएस्का, इमिलियानो भेलाजक्वेज – रायो भालाकानो, सिमे भरसाल्ज्को – मिलानो, एन्द्रे मोरिरा – एस्टोन भिला ।

बार्सिलोना, स्पेन

आएका : आर्थर – ग्रेमियो, क्लेमेन्ट लेन्गलेट – सेभिया, मालकम – बोडि्रएक्स, आर्टुरो भिडाल – बार्यन म्युनिख ।

गएका : जेरार्ड डेउलोफेउ – वाटफोर्ड, आन्द्रेस इनिस्टा – भिसेल कोबे, पाउलिन्हो – गोनजाओ इभरगान्दे, डुगलस – सिभासपोर, एडि्रयन ओर्टोला – डेपोर्टिभो, लुकास डिग्ने – इभर्टन, एलेक्स भिडाल – सेभिया ।

भ्यालेन्सिया, स्पेन

आएका : उरोस रेकिक – क्रुभेना जुभेज्दा, जियोफे कोन्दोगबिया – इन्टर मिलान, मोक्टर डिखाबी – लायोन, ड्यानियल वास – सेल्टा भिगो, क्रिष्टियानो पिचिनी – स्पोर्टिङ सीपी ।

गएका : जायो क्यान्सेलो – युभेन्टस, नाचो भिडाल – ओसासुना, नेमान्जा म्याक्सिमोभिक – गेटाफे, जाकारिया बाकाली – एन्डरलेच्ट, नानी – स्पोर्टिङ सीपी ।

लिभरपुल, इंग्ल्याण्ड

आएका : फाबिन्हो – मोनाको, जेरदान साकिरी – स्टोक सिटी, एलिसन बेकर – रोमा ।

गएका : ओभि इजारिया – रेन्जर्स, इमरे क्यान – युभेन्टस, जोन फालागान – रेन्जर्स, एडाम बोगडान – हिबेरनियन, ड्यानी वार्ड – लिसेस्टर सिटी, ताइवो एवोनी – जेन्ट, एलान – इन्ट्याच्ट फ्रान्कफर्ट, बेन उडबर्न – सेफिल्ड युनाइटेड ।

म्यानचेस्टर सिटी, इंग्ल्याण्ड

आएका : फ्रेर्ड – साख्तर डोनेस्क, डियगो डाल्टो – पेट्रो, लि ग्रान्ट – स्टोक सिटी ।

गएका : मिचेल क्यारिक – सन्यास, साम जोनस्टोन – वेस्ट ब्रुम, ड्याली ब्लाइन्ड – एजाक्स, क्यामरोन बोर्थविक ज्याकसन – कुनथ्रोप, जोयल पेरिरा – भिटोरिया एफसी, एक्सेल टुयानजेबे – एस्टोन भिला ।

टोटनहृयाम, इंग्ल्याण्ड

गएका : केनान बेनेट्स – ब्रोउसिया मोन्चेग्लाडबाच, एन्टन वाल्केस – प्रोट्समाउथ, रियो गि्रफिथ्स – ओलम्पिक ल्योनाइस ।

बायर्न म्युनिख, जर्मनी

आएका : लियोन गोरेट्ज्का – साल्क, एल्फन्सो डेभियस – भ्यानकुभेर ।

गएका : टोम स्टार्क – सन्यास, लिकलास डोस्च – हिडेनहिम, डुगलास कोस्टा – युभेन्टस, आर्टुरो भिडाल – बार्सिलोना

बोरुसिया डर्टमुण्ड – जर्मनी

आएका : मारियस उल्फ – इन्ट्याच्ट फ्रान्कर्फट, मारविन हिट्ज – एगसवर्ग, थोमस डिलाने – वेरडर ब्रेमेन, एब्दोउ डियालो – माएन्ज, एचरफ हाकिमी – रियल मड्रिड, एक्सेल विसेल – क्वानजियन ।

गएका : मिकेल मेरिनो – न्युक्यासल युनाइटेड, डोमिनिक रेइमान – किएल, रोमन वाइडेनफेलर – सन्यास, गोन्जालो क्यास्ट्रो – स्टुगार्ट, सोक्रेटिस पापास्टाथोपोलस – आर्सनल, इरिक ड्रम – हडल्र्सफिल्ड, एन्द्रे स्कुरेल – फुलहृयाम, एन्डि्रए यारमोलेन्को – वेस्ट हृयाम ।

होफेनहेम – जर्मनी

आएका : लियोनार्दो बिटेनकोर्ट – क्लोन, इसाक बेल्फोडिल – स्टान्डर्ड लिगे, जोसुवा ब्रेनेट – पीएसभी एन्दोभेन, भिन्सेन्जो ग्रिफो – मोन्चेनग्लादबच, कसिम नुहु – योङ ब्वाइज ।

गएका : युगेन पोलान्स्की – कुनैमा आबद्ध छैनन्, मार्क युथ – साल्क, बेनेडिक्ट गिमबेर – इन्गोस्ट्याड, इन हायोक पार्क – डायजियोन ।

साल्क, जर्मनी

आएका : सुएत सेरदार – मेन्ज, सलिफ साने – हृयानोभर, स्टेभेन स्क्रेबस्कि – युनियन बर्लिन, मार्क युथ – होफेनहेम, ओमर मास्कारेल – रियल मड्रिड ।

गएका : लियोन गोरेट्ज्का – बायर्न म्युनिख, म्याक्स मेयर – क्रिस्टल प्यालेस, पाब्लो इन्सुवा – हुएस्का, कोके – लेभान्टे, बेनेडिक्ट हावेड्स – लोकोमोटिभ मस्को ।

युभेन्टस, इटाली

आएका : डुगलस कोस्टा – बायर्न म्युनिख, माटिया पेरिन – जिनोए, एन्द्रे फाबिली – एस्कोली, इमेरी क्यान – लिभरपुल, जोआवो क्यानसेलो – भ्यालेन्सिया, क्रिष्टियानो रोनाल्डो – रियल मडि्रड, लियोनार्दो बोनुची – मिलान ।

गएका : जियानलुइजी बुफोन – पेरिस सेन्ट जर्मेन, स्टेफेन लिचेस्टाइन – आर्सनल, क्वाडओ आसामो – इन्टरनाजियोनल, अल्बर्टो केरी – काग्लिएरी, अल्बर्टो बि्रगनोली – पालेर्मो, माटिया कालडारा – मिलान, गोन्जालो हिग्वेन – मिलान, मार्को पिजाका – फिरोन्टेनिया ।

इन्टरनाजियोनल मिलानो, इटाली

आएका : रड्जा नानिगोलान – रोमा, स्टेफन डे भि्रज – लाजियो, क्वाडओ आसामो – युभेन्टस, लुटेरो मार्टिनेज – रेसिङ एभेलान्डे, माटेओ पोलिटानो – सासुलो, सिमे भरसाल्ज्को – एथ्लेटिको मड्रिड ।

गएका : डेभिड सान्टन – रोमा, युतो नागातोमो – गालातासरे, जियोफ्रे कोन्दोगबिया – भ्यालेन्सिया, निकोलो जेनिलो – रोमा, इडर – जियाङ्सु सुनिङ, जेन्स ओर्डगार्ड – सासुलो, डेभिड बेटेला – एटलान्टा ।

नापोली, इटाली

आएका : सिमोन भेर्दी – बोलोग्ना, फाबियन रुइज – रियल बेटिस, एलेक्स मेरेट – उडिनेसे, ओरेस्टिस कारेनजिस – उडिनेसे, भिन्सियस मोरिस – रियल एससी, एमाटो किकिरेटी – भेनेभेन्टो ।

गएका : पेपे रिना – एसी मिलान, इम्यानुअल गियाचेरिनी – चेइभो भेरोना, जर्जिनो – चेल्सी, जेनारो टुटिनो – कार्पी, जिनेदिने मचाह – कार्पी, रोबर्टो इन्सिग्ने – बेनेभेन्टो, एमाटो – पार्मा ।

रोमा, इटाली

आएका : इभान मार्कानो – पोर्टो, एन्टे कोरिक – डाइनामो जागेब्र, ब्रायन क्रिस्टान्टे – एटलान्टा, जस्टिन क्लुभर्ट – अजाक्स, एन्टोनियो मिरान्टे – बोलोग्ना, डेभिड सान्टन – इन्टर मिलान, जेभियर पास्टोरे – पीएसजी, विलियम बिएन्डा – लेन्स, निकोलो ज्यानिलो – इन्टरनान्जियोनल, ड्यानियल फुजाटो – पालामेरिस, रोबिन ओल्सेन – कोबेनहान ।

गएका : रड्जा नाइनग्लोन – इन्टर मिलान, मार्को टुमिनेलो – एटलान्टा, आर्टुरो कालाब्रेसी – बोलोग्ना, लुकास कोरुप्स्की – बोलोग्ना, ब्रुनो पेरेस – साओ पाउलो, एलिसन बेकर – लिभरपुल, ग्रेसन – फिरोन्टेनिया, जर्जियो डेफरेल – साम्पडोरिया, लेनार्दो क्यास्टन – भास्को डि गामा ।

लायोन, फ्रान्स

आएका : लियो डुबोइस – नान्तेस, रियो गि्रफिथ्स – टोटनहृयाम ।

गएका : विलियम ग्युबेल्स – मोनाको, रोमेन डेल क्यास्टिलो – रेनेस, मोक्टर डिखाबी – भ्यालेन्सिया, जियन फिलिप माटेटा – मेन्ज, एल्डो कालुलु – बसेल, सर्जी डाडेर – इस्पानियोल, इलिसा ओउसु – एफसी मोन्टेबलियर्ड ।

पेरिस सेन्ट जर्मेन, फ्रान्स

आएका : जियानलुइजी बुफोन – युभेन्टस ।

गएका : थियागो मोटा – सन्यास, ओडसन इडुवार्ड – सेल्टिक, जेभियर पास्टोरे – रोमा, युरी बेरचिचे – एथ्लेटिक क्लब, जोनाथन इकोनि – लिले, लोरेन्जो कालेग्री – जिनोया, जेर्जोज क्रेचोविक – लोकोमोटिभ मस्को ।

मोनाको, फ्रान्स 

आएका : स्यामुअल ग्रान्डसिर – ट्रोयस, विलियम ग्युबेल्स – लायोन, विल्सन इसिडोर – रेनेस, सोफियाने डियोप – रेनेस, रोबर्टो नाभारो – बार्सिलोना, पेले – रियो एभि, जोनाथन पेन्जो – चेल्सी, रोनायल पिरे ग्याब्रियल – सेन्ट इटेनी, एन्टोनियो बारेका – टोरिनो, एलेक्जेण्डर गोलोभिन – सीएसकेए मस्को, जियन युडेस एहोलु – स्टार्सवर्ग ।

गएका : फाबियानो – लिभरपुल, टेरेन्स कोन्गोलो – हडर्सफिल्ड, साउहिलो मेइटे – टोरिनो, एदामा डिखाबी – हडर्सफिल्ड, योआयो मोउटिन्हो – उल्भ्स, एड्रियन बोन्गियोभानी – सर्केल ब्रुगी, थोमस लेमार – एथ्लेटिको, साउहालियो मेइटे – टोरिनो, रचिद ग्रेजाल – लिसेस्टर, बोस्चिलिया – नान्टेस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment