Comments Add Comment

स्प्राइटमा ४० हजारभन्दा बढीले रिचार्ज जिते

२३ साउन, काठमाडौं ।  स्प्राइट रिफ्रेस बनायो, रिर्चाज गरायो योजनामा ४० हजारभन्दा बढीले रिचार्ज जितेका छन् । उक्त योजना साउन २ गते देखि सुरुभएको थियो र हालसम्म ४४ हजार भन्दा माथि उपभोक्ताहरु यस क्याम्पेनमा सहभागी भई रिर्चाज जिती सकेका छन् ।

उक्त योजनामा उपभोक्ताहरुले रु ७,३०,००० बराबरको टक टाइम जित्न सफल भइसकेका छन् । ‘स्प्राइट रिफ्रेस बनायो, रिर्चाज गरायो योजना अन्तर्गत उपभोत्ताले रु १० देखि रु ५००० सम्मको टक टाइम जित्न सक्नेछन् ।

यो योजना अन्तर्गत यो हफ्ता मात्र सातदोबाटो निवासी सपना सुब्बा, बुटवलकी सिता कर्मा, डल्लुकी नबिना नेपाली, सुकेधारका राज कुमार कार्की र गोकर्णकी निम ल्हामु शेर्पाले रु ५००० बराबरको टक टाइम जितेका छन् ।

यो योजना ५०० एमएल, १ लिटर, १.५लिटर र २.२५ लिटरका स्प्राइट, कोक तथा फ्यान्टाका बोतलमा लागु हुनेछ ।

यो योजनामा सहभागी हुन ग्राहकले स्प्राइट, कोक तथा फ्यान्टा गरिद गरि लेवल पछाडिको युनिक कोडलाई टाईप गरि ३६७६८ मा एस। एम। एस गर्नुपर्ने छ । यो योजना भाद्र १५ गतेसम्म लागु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment