Comments Add Comment

मन्त्रीलाई बौद्धबासीले भने-पानी पर्दा पनि अनुगमनमा आउनुस्

२४ साउन, काठमाडौं । बुधबार विहान चाबहिल-बौद्ध सडक खण्डमा एकाएक भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठ दलबलसहित देखा परे ।

उनको साथमा सत्तारुढ नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, प्रदेशसभा सांसद रामेश्वर फुयाँल, सडकका हाकिमहरु पनि थिए ।

मन्त्री महासेठ कहिले ढलको पाइप राख्न लागेको खाल्डोमा पसे त कहिले पाइप हेर्थे ।

वर्षासम्म पानी पर्दा हिलो र काम लाग्दा धुलो खाँदा पनि कसैले वास्ता नगरेको सडकमा दलबलसहित मन्त्री आएको देखेपछि स्थानीयबासीहरुले पनि पछ्याए ।

स्थानीयबासीले मन्त्री महासेठलाई पानी परेको बेला अनुमगनमा आउन निम्तो दिएका छन् । एकले भने, ‘पानी पर्दा आउनुस्, सडकमै भेल, बाढी पोखरी सबै देख्न पाइन्छ ।’

स्थानीयले बिमस्टेक सम्मेलनका लागि सडक निरीक्षणमा आउनुभएको हो भन्ने प्रश्न समेत गरे ।

मन्त्री महासेठले भने जनताको समस्या र पीरमर्का बुझेर सडक मर्मतको काम अघि बढाएको बताएका छन् । ‘भदौ १२ गतेपछि सडकमा कुनै खाल्डा रहँदैन । पिच गर्न त केही समय लाग्ला । खाल्डाखुल्डी सबै पुर्छौं,’ उनले भनेका छन् ।

तस्वीर: चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment