Comments Add Comment

२४ वर्षमुनिका युवालाई बिग्रनै दिनुहुँदैन : माधव ढुंगेल

सामाजिक सञ्जालले वालविवाह बढाएको दाबी

फाइल तस्वीर

२५ साउन, काठमाडौं । अखिलका पूर्वअध्यक्ष एवं युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले वाल विवाहबारे जनचेतना फैलाउन सरकारले गरेको लगानीअनुसारको परिणाम आउन नसकेको बताएका छन् ।

‘२४ वर्षभन्दा मुनिका युवालाई बिग्रनै दिनुहुँदैन, २५ वर्षमाथिकालाई सपार्नुपर्छ’, भन्ने युवा परिषदको नारा रहेको बताउँदै ढुङ्गेलले युवा परिषद र सरकार हरसम्भव वाल विवाह रोक्ने पक्षमा रहेको बताए ।

‘नेपाली जुटौं, वाल विवाह रोकौं’ भन्ने अभियान एक वर्ष पुगेको अवसरमा शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा वाल विवाहका नकारात्मक पक्षबारे वक्ताहरुले चर्चा गरेका हुन् ।

सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) का अध्यक्ष सुवास खतिवडाले बढ्दो सामाजिक सञ्जालको प्रयोगले समेत वालविवाह नघटेको बताए । ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा सामाजिक सञ्जालमा जोडिएर कम उमेरमै भागी विवाह बढेको उनको दाबी छ ।

विवाहसम्बन्धी कानुनी व्यवस्था र छिटो बिहे गर्दा हुने बेफाइदाबारे जनचेतना फैलाउन समाज नै जागरुक हुनुपर्नेमा खतिवडाले जोड दिए ।

भदौ १ गतेदेखि लागू हुने गरी सरकारले ल्याएको मुलुकी अपराध संहिता ऐनमा २० वर्षअघि बिहे गर्ने र गराउनेलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था उल्लेख गरिएको छ ।

तर, अहिले पनि १८ वर्षभन्दा मुनिका किशोर किशोरीहरुको विवाह नरोकिएको र यो उमेर समूहमा बिहे गर्नेहरुको उच्च दर रहेको कार्यक्रममा सहभागीहरुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment