Comments Add Comment

पोखराका रात्रिकालिन होटलमा किन पुगे प्रशान्त र अनुप ?


शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘जय शम्भु’को मोफसल प्रचारका क्रममा नयाँ शैली अपनाइएको छ । चलचित्रको यूनिटले पोखराका रात्रीकालिन होटलमा पुगेर दर्शकसँग अन्तरक्रिया गरेको हो । एक्शन लभस्टोरी चलचित्रका बारेमा जानकारी गराउन कलाकारहरु प्रशान्त ताम्राकार, अनुप विक्रम शाही लगायत उपस्थित भएका थिए ।

पोखरापछि बुटवल पुगेर चलचित्रको यूनिटले पत्रकारहरुसँग भेटघाट मात्र गरेन, रात्रिकालिन होटलमा पुगेर पोखराकै शैली दोहोर्‍याएको थियो । चलचित्रको प्रचारका लागि चितवन, हेटौडामा पनि कार्यक्रम आयोजना हुनेछ । चलचित्रको युनिटले पोखराको आधा दर्जनभन्दा बढी होटल तथा लन्जहरुमा पुगेर फिल्मको बारेमा जानकारी गराएका थिए ।

पोखराको आधा दर्जनभन्दा बढी होटल तथा लन्जहरुमा पुगेका अनुप र प्रशान्तलाई उनका ˆयानहरुले घेरेर सेल्फी खिचेका थिए । भदौ १ गतेबाट यो चलचित्र रिलिज हुनेछ । नायिका बर्षा सिवाकोटीका लागि प्रशान्त र अनुपको भिडन्त चलचित्रमा देखाइएको छ । दिनेश शाही प्रस्तुतकर्ता रहेको यो चलचित्रमा अरविन्ऽमान शाक्य निर्माताको रुपमा छन् भने चक्र पाखि्रन कार्यकारी निर्माताको रुपमा छन् चलचित्रलाई रुपेश तामाङले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment