Comments Add Comment

प्रकाण्डलाई रिहाइको माग गर्दै बन्दी प्रत्यक्षीकरण रिट

२७ साउन, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर भएको छ ।

चन्दा उठाएको आरोपमा पक्राउ परेका नेकपाका स्थायी समिति सदस्य रहेका रहेका प्रकाण्ड, कालिकोटको कालिका गाउँपालिकाका हरिशचन्द्र आचार्य र कपिलवस्तु वाणगंगाका मनबहादुर श्रेष्ठलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै प्रकाण्डका छोरा नरेन्द्रबहादुर सिंह विश्वकर्माले रिट दायर गरेका हुन् ।

उनले गृह मन्त्रालय, गृहमन्त्री रामबहादुर थापा बादल, काठमाडौं जिल्ला अदालत, प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी परिसर काठमाडौंलाई विपक्षी बनाई रिट दायर गरेका छन् ।

विकले रिटमा विना पूर्व जानकारी, विना पूर्जी पक्राउ गरी राजनीतिक आस्थाका अधारमा चन्दा सम्बन्धी झुट्टा मुद्दा लगाइएको रिटमा उल्लेख गरेका छन् । उनले आफ्ना बाबुसहित ३ जनालाई उक्त मुद्दा लगाउनुपर्ने पर्याप्त आधार र कारण नभएकाले रिका गर्न माग गरेका छन् ।

प्रहरीले उनलाई पक्राउ गरी चन्दा ऐन २०३० अनुसार अनुसन्धान गर्न जिल्ला अदालतबाट पहिलो पटक ५ दिन र दोस्रो पटक ३ दिनको म्याद थप गराइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment