+
+
Shares

अदालतमा हाजिर भए प्रदेश २ का राज्यमन्त्री

आजै बयान हुँदै

विक्रम रौनियार विक्रम रौनियार
२०७५ साउन २८ गते १२:३०
अदालतभित्र शर्मा लगायत । तस्वीरः विक्रम रौनियार/अनलाइनखबर

२८ साउन, महोत्तरी । हत्या आरोपमा ‘फरार’ रहेका प्रदेश २ का सामाजिक विकास राज्य मन्त्री अभिराम शर्माले महोत्तरी जिल्ला अदालतमा उपस्थित भएका छन् ।

सशस्त्र प्रहरीका असई थमन विश्वकर्माको हत्यामा फरार रहेका राज्यमन्त्री शर्मा सुरक्षाकर्मीसहित अदालतमा उपस्थित भएका थिए । उनको १ नं. इजलासमा बयान लिने काम भइरहेको छ । राजपाका नेतासमेत रहेका शर्माको मुद्दामा सोमबार नै बहस हुने रजिष्ट्रार रामान्नदप्रसाद अधिकारीले जानकारी दिए ।

उच्च अदालत जनकपुरले अभियुक्तहरुलाई पक्राउ गरी अदालतमा हाजिर गराउन महोत्तरी प्रहरीलाई दिएको आदेश पछि राज्यमन्त्री शर्मा आफै उपस्थित भएका हुन् ।

राज्यमन्त्री शर्माका तर्फबाट वकालतनामा पेश गरेका अधिवक्ता रमेशकुमार पाण्डेयले महोत्तरी जिल्ला अदालतले तत्कालिन समयमा अभियोग पत्र साथ ल्याउदाको अवस्थामा महोत्तरी जिल्ला अदालतले वारेन्ट पत्र जारी गरेको तर वारेन्टसहित म्यादी पुर्जी राज्यमन्त्रीको घरमा टाँस नभएकोले शर्मालाई हाल साधारण तारेखमा छाड्नुपर्ने बताए ।

मधेस आन्दोलनको क्रममा २०७२ भदै २५ गते आन्दोलनकारीको कुटपिटबाट घाइते असई थमन बिश्वकर्माको एम्बुलेन्सबाट उपचारको लागि लैजाने क्रममा बाटोमा थुतेर कुटपिटबाट हत्या गरिएको थियो । सोही मुद्दाका फरार अभियुक्त राज्यमन्त्री शर्माले सोमबार आत्मसमर्पण गरेका हुन् ।

अहिले महोत्तरी जिल्ला अदालतमा राज्यमन्त्री शर्माको बयान लिने कार्य भैरहेको रजिस्ट्रार रामानन्द अधिकारीले जानकारी दिए । उच्च अदालत जनकपुरले जिल्ला प्रहरी कार्यालय र कार्यालय प्रमुखको नाममा अभियुक्त शर्मा सहित संलग्नहरुलाई पक्राउ गर्न भन्दै केही दिन अघि परमादेश जारी भएको थियो ।

यता अभियुक्त शर्मासंगै थप २८ जनामाथि सो अभियोग लागेकोमा तीन जनालाई प्रहरीले पहिले नै समातेको र सो मध्ये मोहन ठाकुर हाल तारेखमा छन् भने दुईजना पुर्पक्षको लागि थुनामा छन् ।

सोही मुद्दामा फरार भनिएका अर्का अभियुक्त जलेश्वर नगरपालिका नगरप्रमुख रामशंकर मिश्र लगायतका अन्य अभियुक्तहरु समेत एक एक गरेर उपस्थित हुने अधिवक्ता पाण्डेयले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?