Comments Add Comment

बर्षको पहिलो ४ महिनाः दयनिय अवस्थामा फिल्मको व्यापार


गतबर्ष पहिलो हिट चलचित्र पाउनका लागि नेपाली चलचित्र क्षेत्रले ३ महिना पर्खनुपरेको थियो । त्यो अगाडि रिलिज भएका दर्जन बढी चलचित्रका निर्माता डुबेका थिए । तर, यो बर्ष पहिलो ४ महिनामा पनि नेपाली चलचित्र क्षेत्रले सुखको श्वास फेर्न पाएको छैन । कारण, बर्षको पहिलो ४ महिना सकिदा पनि कुनै पनि चलचित्र क्लिन हिटको रुपमा दहरिएका छैनन् ।

यो बर्ष वैशाख ७ गतेबाट साउनको २५ सम्म आइपुग्दा नेपाली चलचित्रको व्यापार निकै कमजोर छ । केही स्टार कलाकारदेखि नामै नसुनिएका कलाकारका चलचित्र यो समयमा रिलिज भए । वैशाख महिनामा निकै दयनिय देखिएको चलचित्र व्यापार जेठ र असारमा पनि उस्तै देखियो ।

‘स्वर्ग मेरो गाउँ, कोहलपुर एक्सप्रेस, ह्याप्पी डेज, डमरुको डन्डिबियो, लम्फू’देखि ‘हैरान, सुनकेशरी, मट्टिमाला, अमेरिका बोइज, हरि, तिमी हुन्छौ जहाँ जहाँ, बाबु कान्छा, बोबी, हिरोज, भोर, पण्डित बाजेको लौरी, भैरे, चक्कर, चि मुसी ची, रोमियो एन्ड मुना, कायरा, झमकबहादुर, कही कतै, सुकुलगुन्डा, टिनेज, पिरिम पर्या छन्, विराङ्गना’ लगायतका चलचित्र रिलिज भए । चलचित्रको भेल ठूलै भएपनि त्यसले कुनै आधीबेहेरी ल्याउन भने सकेन ।

‘कायरा, कोहलपुर एक्सप्रेस, बोबी’ले देश र विदेशबाट लगानी मात्र उठाउन सक्लान् । ती बाहेक अरु सबै चलचित्र बक्स अफिसमा चैट भएका छन् । ५० बर्ष लामो चलचित्र क्षेत्रमा पहिलो पटक बक्स अफिस लागू भएको छ । तर, बक्स अफिसमा टिकट काट्नका लागि दर्शकको लाइन छैन । यो ४ महिना हिन्दी चलचित्र ‘सञ्जु’ले हल संचालकहरुलाई थोरै राहतको श्वास फेर्न मौका दिएको थियो ।

हप्तामा ३ देखि ४ वटासम्म चलचित्र रिलिज भएतापनि तीनको व्यापार निकै दयनिय छ । भदौ महिनाले के पहिलो हिट चलचित्र देला त ? भदौमा पनि चलचित्र रिलिजको भेल नै छ । यो भेलमा कति चलचित्र बग्ने हुन् भने कति उत्रने हुन् । तर, ४ महिनासम्म चलचित्रको व्यापार कमजोर हुँदा सबै पक्षले यो बिषयमा गम्भिर भएर सोच्नुपर्ने अवस्था भने आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment