Comments Add Comment

हुवाई नोभा थ्री तथा नोभा थ्री आईको बिक्री बुधबारबाट

२८ साउन, काठमाडौं । गत जुलाई महिनाको अन्त्यमा एउटा भव्य समारोहबीच औपचारिक सार्वजनिक गरिएको हुवाई नोभा थ्री तथा नोभा थ्री आई स्मार्टफोनको बि्रकी यही बुधबारबाट सुरु हुँदैछ । बिक्री पहिलो दिनका लागि २ घण्टा (साँझ ५ः०७ देखी ७ः०७सम्म) मात्र खुला हुनेछ ।

पहिलो दिन साँझ ५ः०७ देखी ७ः०७ हुवाई नोभा सिरिज अन्तर्गतको नोभा थ्री तथा नोभा थ्री आई बहुप्रतीक्षित स्मार्टफोनले आकर्षक र मनमोहक डिजाइनहरूमा रहेका छन् र यी स्मार्टफोनहरूमा ४ क्यामरा सेट-अप भनिने २४ एमपी ४ एआई क्यामरा छ ।

नोभा थ्रीको बजार मूल्य ५९ हजार ९०० रुपैयाँ रहेको छ भनेर नोभा थ्रीआईको मूल्य ३८ हजार ९०० रुपैयाँ रहेको छ । दुवै स्मार्टफोनमा २४ एमपीको प्राइमरी क्यामरा तथा २ एमपीको सेकेण्डरी क्यामरा सहित दुईवटा फ्रन्ट क्यामरा रहेका छन् ।

हुवाई नोभा सिरिजका पछिल्ला फोनहरूको अगि्रम बुकिङ साउन २७ सम्म धमाधम भइरहेको थियो । नोभा थ्री तथा नोभा थ्री आईको बुकिङ अनलाइन सपिङ साइट दराज तथा हुवाईको आधिकारिक फेसबुक पेजबाट पनि गरीएको थियो ।

नोभा सिरिजअन्तर्गतको नयाँ स्मार्टफोनहरूको अगि्रम बुकिङ गरेका ग्राहकहरूले स्वतः नोभा थ्रीको पोर्टेबल पि्रन्टर तथा नोभा थ्री आईको पोर्टेबल स्पीकर जितेका छन् ।

हुवाई नोभा थ्री तथा हुवाई नोभा थ्री आई दुवैमा दुईवटा फ्रन्ट क्यामराहरू, २४ एमपी प्राइमरी क्यामरा तथा २ एमपीको सेकेण्डरी क्यामरा जडित छ ।

प्राइमरी क्यामराले फोटो तथा भिडियोहरू एकदम स्पष्ट हुनेगरी खिच्दछ भने सेकेण्डरी क्यामराले गहिराईका साथ खिच्दछ । क्यामरामा भएका दुईवटा सेन्सरहरूले साँच्चै नै उत्कृष्ट फोटोहरू खिच्दछ । हुवाई नोभा थ्री तथा हुवाई नोभा थ्री आई दुवैमा हुवाईका फोनहरूमा हुने प्रणाली – किरिन एसओसी जडान गरिएको छ जसले प्रयोगकर्ताहरूलाई स्मरणीय क्षणहरू खिच्न सहज गराउँछ ।

हुवाई नोभाथ्रीको रियर क्यामरामा २४ एमपीको मोनोक्रम तथा दुईवटा एफर १.८ वाइड एपेर्चर ६ पी लेन्सहरूसहितको १६ एमपीआरजीबी सेन्सर जडान गरिएको छ । यो विशेषताले अँध्यारो वा कम उज्यालो ठाउँमा राम्रो तस्वीहरहरू खिच्न मात्र होइन ती तस्वीरहरूमाथि अधिकतम नियन्त्रण पनि दिने गर्दछ । हुवाई नोभा थ्री आईमा शक्तिशाली रियर क्यामराहरू पनि रहेको छ । रियर क्यामरामा १६ एमपीको प्राइमरी सेन्सर तथा २ एमपीको सेकेण्डरी सेन्सर पनि छ।

सेल्फी तस्वीरहरुलाई अझ राम्रो बनाउन नोभा थ्री तथा नोभा थ्री आई मा तस्वीरको प्रकार चिन्ने सिन रेकग्निसन प्रणाली जडान गरिएको छ । हुवाई नोभा थ्री तथा हुवाई नोभा थ्री आईमा उच्च क्षमताका क्यामराहरू जडान गरिनुका साथै एआई क्षमता भएको प्रणाली पनि जडित छ जसले सेल्फी खिच्ने मज्जालाई नै एउटा नयाँ उचाइँमा पर्‍याउने कम्पनीको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment