+
+
Shares

हुम्लामा हेलिकोप्टरको पंखाले लागेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २९ गते १७:०१

२९ साउन, काठमाडौं । हुम्लाको हिल्सामा मनाङ एयरको हेलिकोप्टरको पंखाले लागेर एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।

प‌ंखाले लागेर भारतीय नागरिक नगेन्द्रकुमार कार्तिकको मृत्यु भएको हुम्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले अनलाइनखबरलाई जानकारी दिए ।

‘अपरान्ह सवा ३ बजे प्यासेन्जर ओराल्दै गर्दा पछाडिपट्टीको पंखाले लागेर मृत्यु भएको हो’, ढुंगानाले भने, ‘हेलिकोप्टर सिमिकोटबाट त्यहाँ गएको थियो ।’

हाल जिल्ला प्रहरी कार्यालय, हुम्लाको टोली मुचुल्का लागि घटनास्थलतर्फ गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?