+
+
Shares

महको ‘दाल भात तरकारी’मा प्रियंका र बर्षा पनि जोडिए

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ३० गते १२:४८


मंसिर १ गतेबाट छायांकनमा जान लागेको चलचित्र ‘दाल भात तरकारी’मा २ चर्चित नायिका पनि जोडिएका छन् । यसअगाडि नायिका निरुता सिंह र स्वस्तिमा खड्का चलचित्रको मुख्य भूमिकामा फाइनल भएका थिए ।
आज आयोजना भएको चलचित्रको घोषणा कार्यक्रममा दुई नायिका प्रियंका कार्की र बर्षा राउत पनि जोडिएको जानकारी दिइयो ।

योसँगै चलचित्रमा अब मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्पल खड्का, स्वस्तिमा खड्का, बर्षा राउत, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, बसुन्धरा भुषाल, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर वाङ्देल, अनुराग कुँवर, विल्सन विक्रम राई, सुरेन्द्र केसीको मुख्य भूमिका रहेको छ ।

सामाजिक कथावस्तुलाई कमेडी शैलीमा प्रस्तुत गर्ने निर्माणपक्षले बताएको छ । मह संचारको प्रस्तुतीमा किरण केसीको निर्माणमा तयार हुन लागेको चलचित्रमा शम्भुजित बास्कोटाको संगीत, मित्र डी गुरुङको सम्पादन, दिर्घ गुरुङको छायांकन छ ।

चलचित्रलाई किरण केसीका छोरा सुदन केसीले निर्देशन गर्न लागेका हुन् । सुदनलाई किरण केसीको छोरा भनेर निर्देशनको जिम्मा दिन नलागिएको निर्माता तथा कलाकार हरिवंश आचार्यले जानकारी दिए । चलचित्रको प्रदर्शन मिति वि.सं २०७६ साला वैशाखको १३ गतेलाई तोकिएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?