Comments Add Comment

दुई घण्टामा २ हजार नोभा थ्री तथा नोभा थ्री आई बिक्री


३० साउन, काठमाडौं । हुवाई नोभा सिरिज अन्तर्गतको स्मार्टफोन नोभा थ्री तथा नोभा थ्री आईले राम्रोे बुकिङ रेर्ड बनाएको छ ।

साउन ३० गते हुवाईले २ घण्टामा नै २ हजार वटा फोन बिक्रि गरेको हो । सो बिक्रि बेलुकी ५ः०९ देखि ७ः०९ भित्र गरिएको थियो । अगि्रम बुकिङ गरेका गा्रहकहरुले स्वतः नोभा थ्रीको पोर्टेबल पि्रन्टर तथा नोभा थ्रीआईको पोर्टेबल स्पीकर जितेका छन् ।

यो अगि्रम बुकिङको सफलताले नोभाथ्रीतथा नोभा थ्री आई स्मार्टफोलाइर् नै पक्कै पनि उचाइमा पुर्‍याएको कम्पनी बताउँछ ।
पहिलो पटक हुवाईले गा्रहकहरुले फोन किन्न लामबद्ध भएको प्रत्यक्ष अनुभव बटुल्यो । यसले हुवाईलाई थप हौसला दिएको छ भने गर्व महसुस गराएको कम्पनीको भनाइ छ ।

नयाँ फोन खरिद गरे पश्चात् मंगलबार गा्रहकहरुले निकै राम्रो प्रतिक्रिया दिएका छन् । उनीहरु सस्तो पैसामा त्यति आकर्षक डिजाइनका फोन पाउँदा धेरै खुसी भएका थिए । २४ एमपी क्वाड क्यामरा सेट-अप भएको फोनबाट फोटो खिच्न पाउँदा उनीहरुमा खुशी छाएको थियो ।

दुवै स्मार्टफोनमा २४ एमपीको प्राइमरी क्यामरा तथा २ एमपीको सेकेण्डरी क्यामरा सहित दुईवटा फ्रन्ट क्यामरा रहेका छन् ।

नोभाथ्रीको बजार मूल्य ५९ हजार ९०० रुपैयाँ रहेको छ भनेर नोभा थ्री आईको मूल्य ३८ हजार ९०० रुपैयाँ रहेको छ । हुवाईको बहुप्रतीक्षित स्मार्टफोनहरुको बि्रक्री बुधबारबाट सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment