Comments Add Comment

‘गोल्ड र सत्यमेव जयते’को धमकेदार सुरुवात


भारतको स्वतन्त्रता दिवसको अवसर पारेर वुधबारदेखि रिलिज भएका २ चलचित्रले बक्स अफिसमा धमकेदार सुरुवात गरेका छन् । वुधबारदेखि बक्स अफिसमा नायक अक्षय कुमारको मुख्य भूमिका रहेको चलचित्र ‘गोल्ड’ र नायक जोन अब्राहिमको मुख्य भूमिका रहेको चलचित्र ‘सत्यमेव जयते’ रिलिज भएका थिए । बुधबार बिदाको दिन बक्स अफिसमा यी दुई चलचित्रले ४५ करोडको कारोबार गरेका छन् ।

नायक अक्षय कुमारको मुख्य भूमिका रहेको चलचित्र ‘गोल्ड’ले बुधबार २५.२५ करोडको कारोबार गरेको छ । यस्तै, जोन अब्राहिमको मुख्य भूमिका रहेको चलचित्र ‘सत्यमेव जयते’ले २०.५२ करोडको कमाई गरेको छ ।

अक्षय र जोनको करिअरकै पहिलो दिन सबैभन्दा धेरै कमाई गर्ने चलचित्र ‘गोल्ड र सत्यमेव जयते’ बनेका छन् । दुबै चलचित्रले उत्कृष्ट समिक्षा समेत पाएका छन् । यसैले पनि दुबै चलचित्रले सय करोडको आँकडा छुने संभावना देखिएको छ । ५ दिनको विकेन्ड कारोबारले लाइफ टाइम कमाइको निर्धारण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment