Comments Add Comment

यस्तो छ ‘दबंग गर्ल’ सोनाक्षीको स्मार्ट मेकअ टिप्स

‘दबंग गर्ल’ भनेपछि उनलाई सोनाक्षी सिन्हा भनेर चिनाइरहनु नपर्ला । सलमान खान स्टारर फिल्म ‘दबंग’बाट बलिउड डेब्यु गरेकी सोनाक्षी एक मानक हुन्, सौन्दर्यकी ।

आफ्नो सौन्दर्य निखार्न चाहने तथा आफुलाई सुन्दर देखाउन चाहनेहरुका लागि सोनाक्षी एक आदर्श हुन सक्छिन् । किनभने, उनी ९० केजी तौलकी मोटी थिइन्, फिल्ममा आउनुअघि । त्यती आकर्षक पनि थिइनन्, जति अहिले देखिन्छन् ।

तर, जसै उनी ‘दबंग’ फिल्ममा अनुवन्धित भइन्, उनले शारीरिक रुपमा आफुलाई कसरी फिट एन्ड फाइन राख्ने भनेर कसरत गरिन् । नियमित व्यायाम, सन्तुलित खानपान र अनुशासित दिनचर्या अपनाएर उनी बलिउडकी सुन्दर अभिनेत्री बनिन् । आज सोनाक्षीको नाम त्यस्ता अभिनेत्रीको रुपमा लिइन्छ, जो ब्लकबस्टर फिल्ममा छाएकी छिन् । अर्थात सोनाक्षीले जे जति फिल्ममा काम गरिन्, सबै फिल्म सुपरहिट रह्यो ।

यसको सोझो मतलब के हो भने, अभिनेत्रीको रुपमा सोनाक्षीलाई दर्शकले रुचाएका छन् । आखिर त्यतीका मोटी, भद्दा जिउडाल भएकी सोनाक्षी कसरी बलिउडकी आकर्षक अभिनेत्री बनिन् ? उनको अनुभव जो कोहिका लागि उपयोगी हुन सक्छ ।

सोनाक्षीको सौन्दर्य

सोनाक्षी सिन्हाको सौन्दर्यको चर्चा धेरैले गर्ने गर्छन् । लाखौं फ्यानहरुले उनलाई फेसन आइकन मानेर उनकै शैलीको अनुशरण गर्ने गर्छन् ।

बलिउडका चर्चित अभिनेता सत्रुघन सिन्हाकी छोरी सोनाक्षीको तौल फिल्ममा आउनभन्दा पहिले ९० किलो थियो । तर, ५ फिट ६ इन्च अग्ली सोनाक्षीले त्यसपछि आफ्नो तौल घटाएर सुन्दर शरीरमात्रै बनाइनन्, आफ्नो अभिनयको जादुले सबैलाई चकित बनाइदिइन् ।

सलमान खानको अपोजिटमा दबंगबाट डेब्यु गरेकी उनले पहिलो फिल्मबाटै बेस्ट फिमेल डेब्युमा फिल्मफेयर अवार्ड हातपार्न सफल भइन् । फेसन डिजाइनिङमा स्नातक गरेकी यी अभिनेत्रीको फेसनबाट लाखौं युवती प्रभावित हुन्छन् ।

यी ‘दबंग गर्ल’का करोडौं फ्यानहरु छन् । सोनाक्षीका फ्यान सँधै उनको सुन्दरता र पूर्ण अभिनयको रहस्य जान्न चाहन्छन् ।

सोनाक्षीको व्युटी सेक्रेट

सोनाक्षी सिन्हा आफ्नो आउँदो फिल्म ‘हृयाप्पी फिर भाग जाएगी’को प्रमोशनको लागि व्यस्त छिन् । उनी जहाँ आफ्नो सिनेमाको प्रमोशनको लागि जान्छिन् त्यहाँ उनका धेरै युवती समर्थकहरु आउँछन् जो उनको फिटनेस र ब्युटी सिक्रेट थाहा पाउन चाहन्छन् ।

यस्तैमा जब प्रमोशनको क्रममा सोनाक्षी सिन्हालाई उनको ब्युटी सिक्रेटको बारेमा सोधियो त्यतिखेर सोनाक्षीले असजिलो नमानिकन सबैलाई आफ्नो सुन्दरता, मेकअपको राज बताइन ।

यदि तपाई पनि सोनाक्षीले आफ्नो सुन्दरतालाई कायम राख्न के के गर्छिन भन्ने बारेमा जान्न उत्सुक हुनुहुन्छ र आफू पनि उनीजस्तै फिट र सुन्दर रहन चाहनुहुन्छ भने अपनाउनुहोस् उनको सेक्रेट मेकअप टिप्सः

१. सोनाक्षीको अनुसार उनी ऐनाको अगाडि आफ्नो कम समय बिताउँछिन् । उनी सकेसम्म धेरै पानी पिउँछिन् किनभने यसले उनको अनुहारमा निखारता र चमक ल्याउँछ । जब उनी मेकअप सुरु गर्छिन् त्यतिखेर पनि उनी १ गिलास पानी पिउँछिन् ।

२. सोनाक्षी हरेकपटक मेकअप गर्न भन्दा पहिले नै अनुहारलाई क्लिन्जरले राम्रोसँग सफा गर्छिन् । फेरि मोइस्चराइजर कि्रम लगाउँछिन् । सँधै राम्रो ब्राण्डको मोइस्चराइजर कि्रम प्रयोग गर्न उनको सल्लाह छ ।

३. आफ्नो अनुहारमा फाउन्डेसनलाई सन्तुलित लुक्स दिनको लागि सोनाक्षी फेस पाउडरको प्रयोग गर्छिन् ।

४. उनी सँधै राम्रो क्वालिटिको म्याट लिपिस्टिकको प्रयोग गर्छिन् जुन ओठमा लामो समयसम्म टिकिरहन्छ ।

५.त्यस्तै सोनाक्षी ब्ल्याक आई-ब्रो पेन्सिलले आँखीभौंहरुलाई डार्क बनाउँछिन् । उनलाई कर्ली हेयरस्टाइल मनपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment