+
+
Shares

मुक्तिनाथ विकास बैंकले गर्‍यो स्टार्टअप केन्द्रित वित्तीय साक्षरता कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २६ गते १४:०७

२६ वैशाख, काठमाडौं । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्टार्टअप र नयाँ उद्यमी केन्द्रित विशेष वित्तीय साक्षरतामूलक कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रमको उद्देश्य उद्यमीलाई वित्तीय व्यवस्थापन, बैंकिङ सेवा पहुँच, व्यावसायिक योजना तयारी, बजार व्यवस्थापनका रणनीति तय गर्ने, व्यक्तिगत बजेट, नगद प्रवाह, कर्जा परिचालन तथा ग्राहकको अधिकार लगायत विषयमा साक्षर गराउनु थियो ।

यस कार्यक्रममा २६ जना स्टार्टअप तथा युवा उद्यमीको उत्साहजनक सहभागिता थियो । यस कार्यक्रम मार्फत उद्यमीहरूलाई वित्तीय ज्ञान प्रयोग गरेर व्यापार–व्यवसाय अझ दिगो बनाउने मार्गदर्शन मिल्ने बैंकको विश्वास छ ।

नेपाली युवालाई सशक्त बनाई बैंकले सामाजिक उत्तरदायित्व आत्मसाथ गरेको बैंकको धारणा रहेको छ ।

बैंकले हालै ‘मोबाइल एक फाइदा अनेक’ लिन सक्ने मुक्तिनाथ फाइदा एप सञ्चालनमा ल्याएको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा जस्ता कार्य बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?