Comments Add Comment

अनलाइनखबरका संवाददता श्रेष्ठ पुरस्कृत

३ भदौ, पोखरा । अनलाइनखबरका पोखरा संवाददाता सन्देश श्रेष्ठ पृथ्वी होटल पर्यटन पत्रकारिता पुरस्कार २०७५ बाट पुरस्कृत भएका छन् ।

पृथ्वी होटल ब्यवसायी समिति पोखराको सातौं साधारण सभा तथा चौथो अधिवेशनको अवसरमा शनिबार श्रेष्ठ सम्मानित भएका हुन् ।

उनलाई पत्रकारिता मार्फत पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै पुरस्कृत गरिएको हो । कार्यक्रममा गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले श्रेष्ठलाई नगद ५ हजार ५ सय ५५, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरे ।

डेढ दशकदेखि पोखरालाई कर्मथलो बनाएर सक्रिय पत्रकारिता गरिरहेका श्रेष्ठ रेडियो अन्नपूर्ण पोखराका वरिष्ठ सम्वाददाता पनि हुन् ।

कार्यक्रममा पर्यटन मन्त्री लम्सालले बुढीगण्डकीदेखि कालीगण्डकी र कोरलादेखि नवलपुरसम्मको गण्डकी प्रदेशको क्षेत्रमानै पर्यटन प्रवर्द्धन गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment