+
+

वीरगञ्जबाट केही दिनमै लाइसेन्स वितरण हुने

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ३ गते १५:१४

३ भदौ, वीरगञ्ज । प्रदेश २ का नागरिकहरुका लागि वीरगञ्जबाट छिट्टै सवारी चालक अनुमति पत्र (लाइसेन्स) बितरण हुने भएको छ ।

प्रदेश २ को भौतिक पूर्वाधार राज्य मन्त्री डिम्पल झाले दुई/चार दिनमै वीरगञ्जबाट लाईसेन्स वितरणको प्रक्रिया सुरु हुने बताएकी हुन् ।

उनले केही प्राविधिक कामहरु बाँकी भएकोले वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालयबाट लाइसेन्स वितरणको काम रोकिएको जानकारी दिइन् ।

वीरगञ्जको ड्राईपोर्टमा रहेको होटल बाटिकामा पत्रकार सम्मेलनको आयोजना गरेर मन्त्री झाले स्मार्ट लाइसेन्स वितरणलाई सहज बनाउने बताइन् ।

‘पछिल्लो समयमा स्मार्ट लाइसेन्स वितरण भइरहेको छ, कार्ड छाप्ने मेशिन नेपालमा जम्मा दुईवटा मात्रै रहेछ, अर्कोतर्फ अनलाईन मार्फत भरिने र्फमको सम्पूर्ण विवरण नीजि कम्पनीकोमा जाँदो रहेछ,’ राज्यमन्त्री झाले भनिन्, ‘नागरिकको व्यक्तिगत विवरण कार्यालयको मातहतमा ल्याउने र मेशिन ल्याएर व्यवस्थित ढंगले काम सुरु गर्ने तयारी भइरहेको छ । त्यसका लागि दुईचार दिन समय अझै लाग्न सक्छ ।’

फरक प्रशंगमा उनले अब विगतमा अरुलाई दोष दिएर उम्कने ठाउँ नरहेको बताईन् । ‘पहिला त सरकारले गरेन भन्ने थियो, अब मधेसमा राजपा फोरमको सरकार छ । अब आफैं सरकारमा आईसकेको अवस्थामा अरुलाई दोष दिएर हुन्न,’ उनले भनिन्, ‘जनताको चाहना अनुसार विकासको काम हुनुपर्छ । प्रदेशको ८ वटै जिल्लामा बराबर विकास होस भन्ने मेरो चाहना छ ।’

प्रधानमन्त्रीले प्रदेश नं २ को संसदमा गरेको भाषणबाट सन्तुष्ट हुनुहुन्छ ? भन्ने सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै राज्यमन्त्री झाले आफूहरु संविधान संसोधन नभएसम्म खुशी हुने ठाउँ नरहेको बताईन् । ‘प्रधानमन्त्री ज्युले संसदमा संवोधन गर्दा म त्यहाँ बस्न पाइन, कामकै सिलसिलामा वीरगञ्जमा थिँए ।’ उनले भनिन् ‘जे भनेपनि संविधान संसोधन मार्फत मधेसको माग पूरा नभएसम्म सन्तुष्ट हुने ठाउँ छैन । खुशी हुने आधार हुँदैन ।’

लामो आन्दोलनबाट ल्याएको संघीयतालाई बचाउन पनि आफूहरुले काम गरेर देखाउनुपर्ने चुनौती रहेको उनको भनाइ छ ।

उनले कतिपय स्थानीय तह बनाउँदा हतारमा नगरपालिका बनाएकोले पनि करको भार जनतामा बढी परेको बताइन् ।

कार्यक्रममा प्रदेश सभासद अञ्जु कुमारी यादव, राजपाका महासचिव शिव पटेल, राजेशमान सिंह लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?