Comments Add Comment

उड्डयन प्राधिकरणको वार्षिक बजेट ४५ अर्ब


३ भदौ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्षमा लागि ४५ अर्ब १७ करोड बजेट विनियोजन गरेको छ । प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमकाअनुसार उड्डयन क्षेत्रका विभिन्न योजजाहरु सञ्चालन गर्न यो बजेट खर्च हुनेछ ।

बजेटको ७६ प्रतिशत खर्च विकासका काममा लगाइने जानकारी गौतमले दिए । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन-वे पुनस्र्थापनाको काम एक वर्षभित्रै गरिसक्ने बताए । यस्तै भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल पनि यसैवर्ष सञ्चालनमा ल्याउने गरी काम अघि बढको उनले बताए ।

गौतमले हवाई सुरक्षा अभिवृद्धिलाई पनि प्राथमिकता राखेर प्राधिकरणले यो वर्षको बजेट खर्च गर्ने उनको भनाइ छ । विभिन्न आवश्यक स्थानमा विमानस्थलको स्तरोन्नती गर्ने, नागीडाँडा विमानस्थलको लागि काम अघि बढाउने, त्रिभुवन विमानस्थलको टर्मिनल भवनको क्षमता विस्तार गर्ने लगायतका काम अघि बढाउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment