+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

फेसबुकको विज्ञापनमा कर लगाउन विकास समितिको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ४ गते २०:५२

४ भदौ, काठमाडौं । संसदको विकास समितिले फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन निर्देशन दिएको छ ।

समितिको सोमबार बसेको बैठकले समाजिक सञ्जालमा विज्ञापन वापत ठूलो रकम बाहिरिएको भन्दै नियमन गर्न सञ्चार र अर्थमन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले फोरजी कभरेज विस्तार, टेलिकममा सुधार, अब्टिकल फाइवरको सञ्जाल विस्तारमा देखा परेका समस्या लगायतका लागि भइरहेको कामको विवरण १५ दिन भित्र समितिलाई उपलब्ध गराउन सञ्चार मन्त्रायललाई भनेको छ ।

समितिले टेलिभिजनमा क्लिन फिड नीति अख्तियार गर्ने सरकारको कार्यक्रम भए पनि कार्यान्वयन निकै सुस्त देखिएको भन्दै त्यसलाई प्राथमिकता दिई कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।

त्यस्तै काभ्रेमा रहेको आईटी पार्कलाई उद्देश्य बमोजिम प्रयोग गर्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमा सकेसम्म न्युन रुपमा तार प्रयोग गर्ने वातावरण बनाउन र पोल, तार र बीटीएस टावरको सहप्रयोगको व्यवस्था मिलाउन पनि समितिले सरकारलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?