Comments Add Comment

ओभ डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का

५ भदौं, काठमाडौं । ओभ डेभलपमेन्ट बैंकको सेयर कारोबार रोकिएको छ । प्राइम कमर्शीयल बैंकले ओमलाई एक्विजिशन गर्ने भए पछि सेयर कारोबार रोकिएको हो ।

गत आइतबारदुई बैंक बिच एक्विजिसन सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो । मंसिर पहिलो साताभित्र एक्विजिसनसम्बन्धी कार्य सम्पन्न गर्ने सहमति भएको बताइएको छ ।

एक महिनाभित्र डीडीए गर्ने सहमति भए पनि स्रोतका अनुसार ओम डेभलपमेन्ट बैंकको स्वाप रेसियो ६० भन्दा बढी दिएर मिलान गर्ने तयारी भएको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्म प्राइम बैंकको चुक्ता पुँजी ८ अर्ब ३ करोड ३२ लाख ९० हजार रुपैयाँ र ओम डेभलपमेन्ट बैंकको चुक्ता पुँजी २ अर्ब ५१ करोड ५२ लाख ३५ हजार रुपैयाँ रहकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment