Comments Add Comment

आश्माका लागि फूल टिप्न तयार आकाश


असोज १९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘ड्रिम गल’मा समावेश ‘फूल टिपेर’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । लभ स्टोरी कथामा तयार भएको यो चलचित्रलाई ऋषिराज आचार्यले निर्देशन गरेका हुन् । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार आकाश श्रेष्ठ, विल्सन विक्रम राई, आश्मा गिरीलाई फिचरिङ गरिएको छ ।

चलचित्रमा अर्जुन श्रेष्ठ, सरोज खनाल, लक्ष्मी गिरी, निर्मल शर्मा, सुरविर पण्डित लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा अर्जुन शर्मा, ऋषिराज आचार्य, रामेश्वर धितालको लगानी छ । चलचित्रमा अर्जुन पोखरेलको संगीत, सम्राट बस्नेतको एकसन, राहुल राई र रामेश्वर हुमागाँइको छायांकन, गम्भिर बिष्टको कोरियोग्राफी, नविन निरौलाको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment