+
+

ग्यास सिलिण्डर हटाउनु ठूलो कुरै होइन : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ५ गते १४:४०


५ भदौ, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगर पुगेर वायोग्यास उद्घाटन गरेका छन् ।

विराटनगर महानगरपालिका-१४ स्थित श्रीकृष्ण गौशालामा गाईको गोबर संकलन गरेर उत्पादन गरिएको वायोग्यास पाइपबाट ३२ घरमा जडान गरिएको छ । प्रधानमन्त्री ओलीले पाइपबाट कार्यक्रम स्थलमै ल्याइएको वायोग्यासबाट चुल्हो बाले ।

उनले ग्यास सिलिण्डर हटाउनु ठूलो कुरा नभएको बताए । उनले भने, ‘अब ३२ घरले काँधमा सिलिण्डरको डल्ला बोकेर हिड्नु पर्दैन । पाइपबाटै ग्यास आउँछ ।’

यस्तै परियोजना कास्की, स्याङ्जा लगायतका स्थानमा पनि काम भइरहेको उनले बताए । प्रधानमन्त्री ओलीले यस्ता क्षेत्रमा लगानी गर्न उद्योगीहरुलाई आहृवान समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?