Comments Add Comment

एसियाली खेलकुद : भारत्तोलनमा सञ्जुको राष्ट्रिय कीर्तिमान

फाइल तस्वीर

५ भदौ, काठमाडौं । इन्डोनेसियामा भइरहेको १८ औं एसियाली खेलकुद अन्तर्गत भारोत्तोलनमा नेपालकी सञ्जु चौधरीले ५३ केजी तौल समूहमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।

सञ्जुले स्न्याचमा ७२ केजी र क्लिन एण्ड जर्कमा ८६ केजी गरी कुल १ सय ५८ केजी भार उठाएर आˆनै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी हुन् । स्न्याच, क्लिन एण्ड जर्क दुवैमा उनकै कीर्तिमान रहेको छ ।

उनले यसअघि एसियाली खेलकुदको छनोटका बेला स्न्याचमा ७१ केजी र क्लिन एण्ड जर्कमा ८५ केजी गरी कुल १ सय ५६ केजी भार उठाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment