Comments Add Comment

सन्नी लियोनीसँग फिल्म खेल्दै अनुप विक्रम


बलिउडकी चर्चित हट नायिका सन्नी लियोनीले अब एक नेपाली चलचित्रमा अभिनय गर्ने भएकी छिन् । लण्डनमा छायांकन हुने चलचित्र ‘पासवर्ड’का लागि सन्नी लियोनी फाइनल भैसकेकी छिन् । उनले महंगो रकम लिएर चलचित्रमा काम गर्न लागेको वुझिएको छ ।

बलिउड र नेपाली फिल्मको सहकार्यमा यो चलचित्र बन्न लागेको हो । चलचित्रमा सन्नी लियोनीको साथमा नेपालका केही चर्चित कलाकारहरुले काम गर्नेछन् । चलचित्रमा नायक अनुप विक्रम शाही, नायिका छुल्ठिम गुरुङ, कलाकारहरु रविन्द्र झा, प्रविण खतिवडा लगायतको मुख्य भूमिका रहनेछ ।

नायक अनुप विक्रम शाहीले अनलाइनखबरसँग भने-‘चलचित्र बन्ने कुरा पक्का हो । अब सन्नी लियोनी र हाम्रो भूमिका के छ भन्ने खुलाउन मिल्दैन । सन्नी र मेरो सिनहरु धेरै छ ।’ चलचित्रको बिषयवस्तुको बारेमा पनि केही बताइएको छैन । चलचित्रलाई सम्राट बस्नेतले निर्देशन गर्दैछन् । । चलचित्रमा विक्रम जाेशीको पनि अभिनय रहनेछ । नेपाली र बलिउड चलचित्र र संकृतीलाई एकसाथ जोड्नका लागि यो चलचित्र निर्माण गर्न लागिएको निर्माणपक्षले बताएको छ । प्राविधिकदेखि चलचित्र खिच्नका लागि प्रयोग हुने सबै सामाग्री भारतदेखि नै लगिनेछ ।

नायिका सन्नी लियोनी केही दिनमा लण्डन पुग्नेछिन् । नायक शाहीले आफू पनि केही दिनमा लण्डन उड्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment