Comments Add Comment

सिसाले काटेर एक चिनियाँ नागरिकको मृत्यु

६ भदौ, काठमाडौं । सिसाले काटेर बुधबार ललितपुरमा एकजना चाइनिज नागरिकको मृत्यु भएको छ ।

ललितपुर महानगरपालिका-२ बल्खु सुन्दरीघाटस्थित चाइनिज कार्यालयमा काम गर्ने २५ वर्षीय लेन जोनको सिसाले काटेर मृत्यु भएको हो ।

कार्यालयमा सिसा राखिएको चाङको जाँच गर्ने क्रममा सिसा खसेर जोनलाई काटेको थियो । सिसाले काटेर गम्भीर भएका उनको बल्खुस्थित बयोदा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment