Comments Add Comment

स्याफ्रुबेसी-रसुवागढी सडकको डीपीआर स्वीकृत, चीनले बनाउँदै


७ भदौ, काठमाडौं । चीनसँगको रसुवागढी नाकालाई लक्षित गरी स्याफ्रुबेसी-रसुवागढी सडकको स्तरोन्नतिको काम आगामी आगामी अक्टोबरबाट सुरु हुने भएको छ । यो खण्डको स्तरोन्नतिको लागि चीनले विस्तृत परियोजना प्रतिवेदन तयार गरिसकेको छ ।

सडक विभागले त्यसलाई स्वीकृत गरेकाले अब निर्माणको काम अघि बढ्न लागेको हो । चीनले स्तरोन्नति गर्ने यो सडक खण्ड १६ किलोमिटर लामो छ ।

चीनले पेश गरेको डिजाइन स्वीकृत भएकाले अब यो सडक खण्ड दुई लेनमा विस्तार गर्ने गरी काम अघि बढ्ने विभागका वैदेशिक सहायता महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।

अहिले यो सडकमा एउटा गाडीलाई पनि चल्न मुस्किल पर्ने अवस्था छ । केही ठाउँमा जटिल भूगोल भएकाले स्तरोन्नतिको काम चुनौतिपूर्ण छ ।

उनकाअनुसार यो सडक चीनले अनुदान सहयोगमा बनाइदिन लागेको हो । यसका लागि चीनले आफैं टेन्डर गरेर सडक स्तरोन्नति गनरिदिनेछ ।

विभागले अब सडक सीमाभित्र रहेका घर टहरा हटाउने र विद्युतका पोल सार्ने लगायतका काम गर्नेछ । त्यसलगत्तै चीनले सडक निर्माणको काम सुरु गर्नेछ ।

यसअघि नै नेपाली सेनाले मैलुङदेखि स्याफ्रुबेसीसम्मको १७ किलोमिटर सडक निर्माण गरिसकेको छ । चीनसँग जोड्ने मैलुङ-स्याफ्रुबेशी सडक सञ्चालनमा आएपनि स्याफ्रुबेसी रसुवागढी सडक खण्ड स्तरोन्नति हुन बाँकी छ । चीनले ३ वर्षभित्र यो सडकको स्तरोन्नति सकाउने महाशाखा प्रमुख श्रेष्ठले बताए ।

अब सेनाले ट्रयाक खोलर सञ्चालनमा आएको बेत्रावति-मैलुङ-स्याफ्रु सडक खण्ड पनि नेपाल सरकारको आफ्नै लगानीमा कालोपत्रे गर्ने योजना बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment