Comments Add Comment

करेन्ट लागेर नुवाकोटमा १ को मृत्यु, २ जना घाइते

७ भदौ, नुवाकोट । जिल्लाको लिखु गाउँपालिका–१ शान्तिबजारमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

बिहीबार बिहान साढे ६ बजे बिजुलीको पोल ढल्केर लत्रिएको तारमुनिबाट हिँड्ने क्रममा करेन्ट लागेर बेहोस भएकी लिखु–१ शान्ति बजारकी २३ वर्षीया तुलसा अधिकारीको उपचारका लागि जिल्ला सदरमुकाम ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, नुवाकोटले जनाएको छ ।

सोही करेन्टमा परेर लिखु–१ शान्ति बजारकै ५५ वर्षीय लालप्रसाद लामिछाने र आफन्तको घरमा आएकी बेलकोटगढी नपा–१२ मदानपुरकी १९ वर्षीया सदीक्षा पौडेल घाइते भएका र उनीहरूलाई विदुरस्थित नुवाकोट सिटी अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौंँ पठाइएको छ ।

गए राति बाढीले जमीन कटान गरेकाले खोला छेउमा गाडिएको ३३ केबी प्रसारण लाइनको पोल मानिस हिँड्ने बाटोतर्फ ढल्किएर लत्रिएको सोही वडाका वडाध्यक्ष नरहरि पाण्डेले बताए ।

सुरक्षित स्थानमा पोल नगाडिएको कारण यो दुर्घटना भएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment