Comments Add Comment

‘२ रुपैयाँ’ टिमको ‘डामाडोल’, निश्चल र आसिफसँगै बर्षा


चलचित्र ‘२ रुपैयाँ’ बनाएर चर्चा कमाएको यो टिमले अब अर्को चलचित्रको तयारी पनि गरेको छ । यो टिमले बनाउन लागेको नयाँ चलचित्रको नाम ‘डामाडोल’ राखिएको छ । चलचित्र कमेडी कथामै निर्माण हुनेछ ।

यो चलचित्रमा ‘२ रुपैयाँ’कै मुख्य कलाकार निश्चल बस्नेत र आशिफ शाहको मुख्य भूमिका रहनेछ । तर, यसपटक नायिका भने परिवर्तन भएकी छिन् । अघिल्लो चलचित्रमा मेनुका प्रधान थिइन् भने ‘डामाडोल’मा भने नायिका बर्षा राउतको मुख्य भूमिका रहने वुझिएको छ । चलचित्रलाई असिम शाहले निर्देशन गर्दैछन् ।

गतबर्ष रिलिज भएको ‘२ रुपैयाँ’ चलचित्र कथावस्तु र ‘कुटुमा कुटु’ बोलको गीतले हिट भएको थियो । अहिले ‘डामाडोल’का लागि पनि त्यो स्तरको गीत राख्ने कोशिश निर्माणपक्षले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment