Comments Add Comment

काठमाडौंमै फेला पर्यो अवैध गुटखा फ्याक्ट्री, २ जना पक्राउ

७ भदौ, काठमाडौं । काठमाडौंमा अवैध गुटखा फ्याक्ट्री फेला परेको छ । सो फ्याक्ट्रीमा प्रहरीले छापा मारेर शिलबन्दी गरेको छ भने दुई जना सञ्चालकलाई पक्राउ गरेको छ ।

काठमाडौंको लोलाङ हाइटमा अवैध गुटखा फ्याक्ट्री फेला परेको हो । बाहिर ‘शुभकामना सुर्ती उद्योग’को बोर्ड रहेपनि, भित्र भने बजारमा चलेका प्रायः सबै ब्राण्डका गुट्खा उत्पादन हुने गरेको पाइएको हो ।

यसबारे जानकारी दिन अहिले केहीबेरमा लोलाङ हाइटमै पत्रकार सम्मेलन आयोजना गरिएको छ ।

भारतीय र नेपाली नागरिक मिलेर अवैध गुटखा फ्याक्ट्री सञ्चालन भइरहेको सूचनाको आधारमा सरकारी अनुगमन टोली र प्रहरीले संयुक्तरुपमा छापा मारेको थियो । फ्याक्ट्रीबाट अन्दाजी ३० लाख मूल्य बराबरको बिभिन्न ब्राण्डका गुट्खा, कच्चा पदार्थ, र्यापर, गुटखा बनाउने मेसिन लगायतका सामान बरामद भएको छ ।

प्रहरीले फ्याक्ट्री सञ्चालक दुई जनालाई कालिमाटीबाट पक्राउ पनि गरेको छ । अर्का एक जना भने फरार रहेको प्रहरी स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment