Comments Add Comment

सामाजिक सञ्जालले खोजिदियो हराएका बालक


८ भदौ, नवलपरासी । पश्चिम नवलपरासीबाट विगत एक महिनादेखि सम्पर्कबिहीन बनेका एक बालक फेला परेका छन् ।

गत साउन ३ गतेदेखि सम्पर्कबिहीन बनेका पश्चिम नवलपरासी प्रतापपुर ७ सूर्यपुरा बस्ने भोला चौधरीका १४ वर्षीय छोरा हेमनारायण चौधरी भारतको सिसवामा फेला परेका हुन् ।

घरबाट बजार जान्छु भनी सम्पर्कबिहीन रहेका बालक चौधरी भारतको सिसवामा फेला परेको बालकका बुवाका साथी बृजराज कुशुहवाले जानकारी दिए ।

बालक हराएकोबारे फेसबुकलगायतका सामाजिक सञ्जालमा प्रचार प्रसार भएका कारण बालक फेला परेको पारिवारिक स्रोतले जनाएको छ ।

पछिल्लो पटक पश्चिम नवलपरासीबाट धैरैको सङ्ख्यामा बालबालिका हराउने गरे पनि कम सङ्ख्यामा मात्र फेला परेका छन् ।

ठूलो परिमाणमा घरेलु मदिरा नष्ट

स्थानीय दलदलेस्थित अस्थायी प्रहरी पोष्टका प्रहरी गस्ती टोलीले बिहीबार पूर्वी नवलपरासीबाट ठूलो परिमाणको घरेलु मदिरा नष्ट गरेको छ ।

देवचुली–११ धारापानीमा उक्त टोलीले दलदले बजारतर्फ आउँदै गरेको ग१ज ४९८३ नं सावरी साधनबाट करीब एक हजार लिटर मदिरा नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment