+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कांग्रेस महासमिति बैठक कहाँ ? पोखरा कि काठमाडौं ?

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ९ गते ११:१५

९ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ ।

शुक्रबार बोलाइएको बैठक केन्द्रीय कार्यसम्पादन समितिमा रहने सदस्यहरुको भागबण्डा नमिल्दा स्थगित भएको थियो । त्यसका लागि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरुबीच अबेरसम्म छलफल भए पनि सहमति नजुटेपछि स्थगित गरिएको थियो ।

बैठक शनिबार बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्ने नेता दिलेन्द्र प्रसाद बडुले जानकारी दिए । ‘पार्टीका विभिन्न समितिको गठन र महासमिति बैठकको तयारीका सम्बन्धमा शीर्ष नेताहरुबीच सल्लाह गरी टुंगो लगाएर बैठक बस्ने सहमति भएको छ,’ बडुले भने ।

यसअघि गठन गरिएको कार्यसम्पादन समितिमा विवाद देखिएपछि विघटन गरिएको थियो । कांग्रेसको विधानअनुसार कार्यसम्पादन समितिमा सभापति, उपसभापति, दुई महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्ताका साथै केन्द्रीय समितिबाट बढीमा २२ जना रहने व्यवस्था छ ।

महासमिति बैठकका लागि दुई स्थान प्रस्ताव

शनिबारको बैठकले कार्यसम्पादन समिति र अनुशासन समिति गठन गर्ने विश्वास गरिएको छ । साथै महासमिति बैठकको मिति र स्थानबारे पनि छलफल हुने स्रोतले बतयो । महासमितिको बैठक काठमाडौं वा पोखरामध्ये कुनै एक स्थानमा हुने कांग्रेस नेताहरु बताउँछन्।

गत वैशाख १६ गते सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले यही भदौ महिनामा महासमितिको बैठक आयोजना गर्ने निर्णय गरेको थियो । उक्त बैठकले स्थानीय, प्रदेश तथा केन्द्रीय तहमा भएको राज्य पुनः संरचनाअनुसार पार्टीको पुनः संरचना गर्न विधानमा समयानुकूल परिमार्जनका लागि विधान संशोधन मस्यौदा समिति बनाउने निर्णय पनि गरेको थियो ।

सोही निर्णयअनुसार गत बिहीबार कांग्रेसले महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ११ सदस्यीय विधान संशोधन मस्यौदा समिति गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?